IME Life
Beema Board

बीमा दावीका लागि धमाधम नक्कली पिसिआर रिपोर्ट बनाइदै, दुई पक्राउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी लिनकै लागि नक्क्ली पिसिआर रिपोर्ट बनाउने क्रम बढेको छ । यसैक्रममा नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न दुई जनालाई नेपालगन्ज प्रहरीले पक्राउ गरेको छ ।

बाँकेस्थित भेरी अस्प्तालबाट दर्जनौं कोरोना बीमितलाई नक्कली पिसिआर रिपोर्ट बनाएको खुलेको छ । सोही अस्पतालका सुरक्षागार्ड र उनका एक सहयोगी मिलेर चिकित्सकको कीर्ते हस्ताक्षर गरी अस्पतालकै लेटरप्याडमा नक्कली पिसिआर रिपोर्ट जारी गर्ने गरेका थिए । प्रहरीले सूचना पाएपछि कीर्ते कार्यमा संलग्न दुई व्यक्तिलाई फक्राउ गरेको छ ।

Prabhu
Crest

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्तिले कीर्ते कोरोना भाइरस पोजेटिभ भएको पिसिआर रिपोर्ट बनाउने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गर्ने गरेको तथ्य खुलेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।

उनीहरुले कोरोना बीमा गरेका बीमितलाई पिसिआर रिपोर्ट नेगेटिभ आएको अवस्थामा पनि कीर्ते गरी पोजेटिभ रिपोर्ट दिने गरेको खुलेको छ । उनीहरुले कति वटा कीर्ते रिपोर्ट बनाए भन्ने खुलिसकेको छैन । अस्पतालका अनुसार उनीहरुले असोजदेखि नै यस्तो कार्य गर्दै आएका थिए । प्रतिव्यक्ति पाँच हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म लिएर कीर्ते पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS