IME Life

२३०० जनाको कोरोना बीमा दावी भुक्तानी एक साताभित्रै गरिने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि आवश्यक कागजात पूरा भई निवेदन दिएका दुई हजार ३०० जनालाई एक साताभित्रैमा बीमा दावी भुक्तानी दिइने भएको छ । बीमक संघका अनुसार दावी परेका मध्ये अधिकांशको आंशिक मात्रै कागजात प्राप्त भएको र सम्पूर्ण कागजात प्राप्त भएपछि मात्रै दावी भुक्तानी प्रक्रियामा समावेश गरिने जनाएको छ । हालसम्म आवश्यक कागजात पूरै बुझाएहरुको संख्या दुई हजार ३०० छ । अन्य बीमा दावीको कागजात अपुरो रहेकोले जतिसक्दो चाँडो बुझाउन पनि बीमक संघका सचिव चंकी क्षेत्रीले बताए ।

हालसम्म विभिन्न कम्पनीमा १५ हजार भन्दा बढि दावी परिसकेको छ । सो मध्ये पिसिआर पोजेटिभ रिपोर्ट मात्रै बुझाउने धेरै रहेको संघको भनाई छ । कोरोना संक्रमित भएपछि घरभित्रै वा अस्पतालमा आईसोलेशनमा बस्नुपर्ने भएकोले कागजात बुझाउन ढिलाई हुने गरेको छ । बीमा समितिले कोरोना बीमा पोलिसी संशोधन गरी थप कागजात पेश गर्नुपर्ने भएपछि कागजात जुटाउन समय लाग्ने भएको छ ।

Crest

कोरोना बीमा पोलिसी र कोरोना बीमा मापदण्ड अनुसार बीमितले कोरोना पोजेटिभका अतिरिक्त अस्पताल भर्ना भएको भए डिस्चार्ज पेपर वा घरैमा आईसोलेशनमा बसेको भए स्थानीय निकायबाट आईसोलेशनमा बसेको प्रमाणित गरेको कागजात समेत पेश गर्नुपर्नेछ । बीमक संघका अनुसार कागजात पूरा भएका दुई हजार ३०० जना बीमितलाई आगामी एक साताभित्रैमा दावी भुक्तानी दिइने जनाएको छ । साथै अन्य बीमितको हकमा सम्पूर्ण कागजात पूरा भएको एक साताभित्रैमा दावी भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोना बीमामाथि २० हजार भन्दा बढिको बीमा दावी परेको छ । सो मध्ये करिब १० हजार सरकारी कर्मचारी, सुरक्षाकर्मीहरु रहेका छन् । सरकारी कर्मचारी तथा सुरक्षाकर्मीको बीमा दावी परेपनि बीमा शुल्क बापतको रकम नेपाल सरकारले समेत बीमा कम्पनीहरुलाई भुक्तानी गरेको छैन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS