IME Life
Beema Board

स्वदेशी लघुवित्तका सिईओ चापागाईद्वारा राजिनामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका सिईओ गोबिन्द चापागाईले पदबाट राजिनामा दिएका छन् । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता गरेको सो कम्पनीका सिईओले मर्जर प्रक्रिया पूरा नभई राजिनामा दिएका हुन् ।

प्रदेश नं १ को इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको हिजो अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकमा चापागाईले दिएको राजिनामामाथि छलफल भएको र सो क्रममा बैठकबाट आगामी मंसिर १ गतेदेखि लागू हुने गरी राजिनामा स्वीकृत भएको कम्पनीले जनाएकोछ ।

Prabhu
Crest

साथै कम्पनीले मंसिर १ गतेदेखि निमित्त सिईओमा कम्पनीका फाइनान्स प्रमुख तथा कामु नायब प्रबन्धक राजन मगरलाई कामु सिईओको जिम्मेवारी तोकिएको जनाएको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत साउन ३२ गते एनआईसी एसिया लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता गरेको थियो । देशभरि ८५ वटा शाखा कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया लघुवित्तबीच आगामी पुस महिनाभित्रैमा एकीकृत कारोबार गर्ने लक्ष्यका साथ काम भइरहेको छ । चापागाईले राजिनामा दिनुको कारण खुल्न सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS