IME Life

स्थीर ब्याजदर लागू हुनु एक दिनअघि बैंकहरुले रातारात बढाए ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । भोलि अर्थात कार्तिक १ गते देखि सबैं बैंकहरुले तोकिएको कर्जाहरुमा स्थीर ब्याजदर लागु हुदैछ । स्थीर ब्याजदर लागू हुने एक दिन पहिले बैंकहरुले रातारात ब्याजदरमा बृद्धि गरेका छन् । कोरोना महामारीका कारण ३०० अर्ब रुपैयाँ भन्दा बढि रकम बैंकमा थुप्रिन पुग्दा ८ प्रतिशतबाट तल झरेको ब्याजदर स्थीर ब्याजदर लागू गर्ने अघिल्लो दिन बैंकहरुले रातारात ब्याजदर घटाएका छन् । आज प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा अधिकांश बैंकहरुले ब्याजदर परिवर्तन सम्बन्धी सूचना प्रकाशित गरेर बढिमा तीन प्रतिशतसम्म ब्याजदर बृद्धि गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले असोजमसान्तसम्म स्थिर ब्याजदर सार्वजनिक गर्न दिएको निर्देशनअनुसार सबै बैंकहरुले भोलिबाट तोकिएको क्षेत्र अटो तथा व्यक्तिगत आवधिक कर्जामा स्थीर ब्याजदर लागू हुँदैछ । शुक्रबार प्राइम कर्मसीयल बैंक, सानिमा बैंक, मेगा बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड च्यार्टड बैंक, बैंक अफ काठमाडौं, सनराईज बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, ज्योति विकास बैंकले १ वर्षभन्दा माथि १५ वर्षसम्मका व्यक्तिगत कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज सार्वजनिक गरिएका नयाँ ब्याजदर हाल कायम रहेको ब्याजदर भन्दा २० देखि ३० प्रतिशतसम्म बढि छ ।

Prabhu
Crest

स्थीर ब्याजदर लागु हुने भएसँगै बैंकले आवधिक कर्जाको स्थिर ब्याजदर अवधिअनुसार कम्तीमा करीब १० प्रतिशत र अधिकतम १३ प्रतिशतको हाराहारीमा निर्धारण गरेका छन् । यसैगरी, प्राईम बैंकले घर कर्जा अन्तर्गत ५ बर्षदेखि २० बर्षसम्म ११ प्रतिशत देखि १२ दशमलव ५० प्रतिशत प्राईम हायर पर्चेज (सवारीसाधन) कर्जामा १० दशमलव ५० प्रतिशत देखि १२ प्रतिशतसम्म, धितो लोनमा ११ प्रतिशत देखि १३ प्रतिशतस र अन्य व्यक्तिगत कर्जामा ११ प्रतिशत देखि १२ दशमलव ५० प्रतिशत तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैकले घरकर्जा अन्तर्गत ५ बर्षदेखि १५ बर्षसम्मका लागि ९ प्रतिशतदेखि ११ प्रतिशत, हायरपर्चेज कर्जामा ५ बर्षका लागि ९ दशमलव ५० प्रतिशत, मार्टगेज कर्जा अन्तर्गत १० देखि ११ प्रतिशतसम्म, र व्यक्तिगत कर्जाका लागि १० देखि ११ प्रतिशतसम्म तोकिएको छ ।
सनराईज बैंकले घरकर्जा अन्तगर्त ५ बर्षदेखि १५ बर्षसम्म ११ दशमलव ५० प्रतिशतसम्म, शैक्षिक कर्जामा ११ देखि १२ प्रतिशतसम्म, सनराईज सजिलो कर्जा अन्तर्गत १० दशमलव ७५ देखि १२ प्रतिशतसम्म र सवारी साधन, कमर्सियल अटो कर्जामा ११ देखि ११ दशमलव ५० प्रतिशतसम्म, कन्जुर्मर लोन अन्तर्गत १० दशमलव ७५ देखि ११ प्रतिशतसम्म, सिग्नेचर लोन अन्र्तगत १२ दशमलव ५० प्रतिशत देखि १३ दशमलव ५० प्रतिशतसम्म तोकिएको छ ।

हिमालयन बैंकले ५ वर्षसम्मका व्यक्तिगत घर कर्जामा ९ दशमलव ८९ प्रतिशत, सुविधा लोन र शिक्षा कर्जामा ९ दशमलव ९९, अन्य धितो कर्जामा १० दशमलव ९९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । बैंकले ५ देखि १० वर्षसम्मका घर कर्जामा १० दशमलव ९९, सुविधा लोन र शिक्षा कर्जामा १० दशमलव ९९ प्रतिशत स्थिर ब्याजदर कायम गरेको छ । यस्तै, १० वर्षदेखि १५ वर्षसम्मको घर कर्जामा १२१ दशमलव ४९ प्रतिशत स्थिर ब्याज निर्धारण गरेको छ भने हायर पर्चेजको फरक अवधिको फरक ब्याजदर कायम गरेको छ ।

माछापुचछ्रे बैंकले घर कर्जाअन्तर्गत ५ वर्षसम्म ९ दशमलव ८९ प्रतिशत, ५ देखि १० वर्षसम्म १० दशमलव ८९ प्रतिशत र १० वर्षभन्दा माथि ११ दशमलव ८९ प्रतिशत तोकेको छ । अटो तथा हायर पर्चेज (सवारीसाधन) कर्जामा ५ वर्षसम्म ९ दशमलव ९९ प्रतिशत, ५ देखि १० वर्षसम्म १० दशमलव ९९ प्रतिशत निर्धारण गरेको छ ।

त्यस्तै, लक्ष्मी बैंकले घर कर्जा अन्तर्गत १० बर्ष देखि १५ बर्ष अवधिको लागि १२ दशमलव ९९ प्रतिशतदेखि १३ दशमलव ९९ प्रतिशतसम्म, शैक्षिक कर्जा अन्तर्गत १३दशमलव ४९ प्रतिशतदेखि १४ दशमलव ४९ प्रतिशतसम्म, अर्टा कर्जाको ५ देखि १० बर्ष अवधिको लागि १२ दशमलव ९९ देखि १३ दशमलव ९९ प्रतिशत र व्यक्तिगत कर्जामा ३ देखि ५ बर्षसम्म १३ दशमलव ४९ देखि १४ दशमलव ४९ प्रतिशतसम्म ताकिएको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS