IME Life

नेपाल पुनर्बीमा कम्पनीमाथि एक अर्बको दायित्व थपिँदै, अन्तर्राष्ट्रिय व्यापार जोखिममा

SPIL
NIC ASIA

काठमाडौं । नेपालको एक मात्र पुनर्बीमा व्यवसाय गर्ने नेपाल पुनर्बीमा कम्पनीले नियमनकारी निकया बीमा समितिको अनैतिक निर्णयमा सहमति जनाउँदा अन्तर्राष्ट्रिय व्यवसाय गुम्ने जोखिममा परेको छ । नेपाल पुनर्बीमा कम्पनीमाथि कोरोना बीमा बापतको एक अर्बको दायित्व थपिने लगभग निश्चित भएको छ । नेपाल पुनर्बीमा कम्पनीले बीमा समितिको निर्देशन बमोजिम गत बैशाखमा कोरोना बीमाको जोखिम बहन गर्ने निर्णय गरेको थियो । नियमनकारी निकाय बीमा समितिको आग्रहमा कोरोना बीमाको २० प्रतिशतभन्दा बढि जोखिम नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्ने कोरोना बीमा मापदण्ड २०७७ मा उल्लेख छ ।

सो बमोजिम नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्ने भनिएको एक अर्ब रुपैयाँको कोरोना बीमाको जोखिम बहन गर्ने कोटा अबको केही दिनपछि सुरु हुँदैछ । २० वटा बीमा कम्पनीहरुले व्यहोर्ने भनिएको एक अर्बको दायित्व सीमा अबको साताबाट नाघ्नेछ । यसपछिको दायित्व नेपाल पुनर्बीमा कम्पनीमाथि पर्नेछ । बीमाको सिद्धान्त अनुसार महामारी तथा महाविपत्ति जस्ता ठूला प्राकृतिक विपत्तिले सिर्जना गरेको दायित्व बहन गर्नु हुँदैन । बीमा सम्बन्धी अन्तर्राष्ट्रिय नियमनकारी निकाय आईएआईएसले पनि कोरोना भाइरसबाट उत्पन्न गर्ने क्षतिको बीमा गर्न अनुमति दिँदैन । तर नेपालमा भने नियमनकारी निकाय बीमा समितिले नै कोरोना भाइरसले उत्पन्न गर्ने क्षतिको बीमा गर्ने भन्दै गत बैशाख ७ गतेदेखि कोरोना बीमा पोलिसी जारी गरेको थियो । हालसम्म करिब १५ लाख भन्दा बढि बीमा पोलिसी बिक्री भइसकेको छ । सो बीमा पोलिसीले करिब एक खर्ब ५० अर्ब रुपैयाँ दायित्व उत्पन्न गर्न सक्नेछ । तर, बीमा समितिले जम्मा साढे तीन अर्बको दायित्व मात्रै बाँडफाँड गरेको छ । सो अनुसार नेपाल पुनर्बीमा कम्पनीले एक अर्बको दायित्व बहन गर्ने कोरोना बीमा मापदण्ड २०७७ मा उल्लेख छ ।

Prabhu
Crest

अन्तर्राष्ट्रिय बजारमा व्यवसाय गर्ने नेपालको एक मात्र संस्था नेपाल पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय अभ्यास र आईएआईएसको मापदण्ड अनुरुप चल्नुपर्नेमा नियमनकारी निकाय बीमा समितिको पछि लाग्दा विश्वका २८ देशभन्दा बढिमा फैलिएको अन्तर्राष्ट्रिय व्यापार गुमाउने जोखिम बीमा विश्लेषकहरुले औल्याएका छन् । बीमा विज्ञ डा. रविन्द्र घिमिरेका अनुसार विदेशस्थित बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनी छनौट गर्दा जोखिमपूर्ण दायित्व बहन नगरेका कम्पनीहरु छनौट गर्ने गर्दछन् । नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमाको जोखिम बहन गरेका कारण विदेशमा रहेको बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीप्रतिको विश्वास घट्न सक्ने र यसले अन्तर्राष्ट्रिय व्यवसाय प्रभावित हुनसक्ने औल्याएका छन् । पोखरा विश्व विद्यालयका सह-प्रधाध्यापक समेत रहेका घिमिरेले भने, ‘कोरोना बीमाको जोखिम बहन गर्ने पुनर्बीमा कम्पनीको निर्णय अन्तर्राष्ट्रिय बीमा अभ्यास विपरित छ । यसले यसको विश्वसनियतामाथि प्रश्न चिन्ह उठाउन सक्नेछ ।’ घिमिरेले पुनर्बीमा कम्पनीले जोखिम बहन गर्दा अन्तर्राष्ट्रिय अभ्यास अनुशरण गर्न नसकेको बताए ।

कूल चुक्ता पुँजि १० अर्ब रहेको पुनर्बीमा कम्पनीले कोरोना बीमा मापदण्ड २०७७ बमोजिम दायित्व बहन दोस्रो चरणमा एक अर्ब रुपैयाँको दायित्व नेपाल पुनर्बीमा कम्पनीले बहन गर्नुपर्ने छ । बीमा पुलका अनुसार हालसम्म ८५ करोड भन्दा बढिको कोरोना बीमा दावी परिसकेको छ ।

पुनर्बीमा कम्पनी स्रोतका अनुसार सरकारी कम्पनी भएकाले बीमा समितिको निर्देशन मानेको हो । कोरोना बीमाको जोखिम बहन गरेकै कारण अन्तर्राष्ट्रिय व्यवसायमा प्रभाव नपर्ने पुनर्बीमा कम्पनीका अधिकारीहरुको दावी छ । अघिल्लो वर्षमा नेपाल पुनर्बीमा कम्पनीको २८ देश भन्दा बढि देशमा व्यापार सञ्जाल फैलिएको छ । आगामी दिनमा अझै सञ्जाल विस्तार गर्ने योजनामा रहेको पुनर्बीमा कम्पनी कोरोना बीमाको दायित्व बहन गरेकै कारण अन्तर्राष्ट्रिय व्यापारमा थप समस्या पर्न सक्ने विश्लेषण गरिएको छ । साथै हाल सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दाले कोरोना बीमाको सम्पूर्ण दायित्व बीमा कम्पनीहरुले बहन गर्नुपर्ने ठहर भएमा थप दायित्व पुनर्बीमा कम्पनीमाथि पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS