IME Life

ज्ञवाली र पौडेले मध्येबाट अर्थमन्त्री बन्ने लगभग निश्चित, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल सुरु

SPIL
NIC ASIA

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अहिलेको मन्त्रिमण्डलमा अर्थमन्त्रीको रुपमा कसलाई ल्याउने भन्ने विषयमा पार्टीभित्र चर्को बहस भइरहेको छ । यद्यपि प्रम केपी शर्मा ओलीले वर्तमान परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली वा पार्टी महासचिव विष्णु पौडेल मध्येबाट एक जनालाई अर्थमन्त्री बनाउने निश्चिय गरेको बालुवाटार स्रोतले जनाएको छ ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा पार्टीका दुई अध्यक्ष प्रचण्ड र केपी ओलीका बीचमा सहमति भएपनि अर्थमन्त्रीको विषयमा भने प्रम ओलीले कडा अडान राखेका छन् । राष्ट्रिय सभामा मनोनित भएका उपाध्यक्ष वामदेव गौतमले अर्थ वा गृहमन्त्रालय ताकेको अवस्थामा सर्वोच्च अदालतमा परेको रिटले तत्काल मन्त्री बन्न नसक्ने भएपछि प्रम ओलीले केही सजिलो भएको छ ।

Prabhu
Crest

बिहिवार विहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनगर्ठनका बारेमा छलफल भएको थियो । सो छलफलमा दुई वटा मन्त्रालय उर्जा र आपूर्ति मन्त्रालय फुटाएर दुई वटा मन्त्रालय थप गर्ने सहमति भएको छ । उक्त सहमतिसँगै रिक्त मन्त्रालयको संख्या पाँच पुग्नेछ । बाँकी आधा दर्जन मन्त्रीहरुलाई राजिनामा गर्न लगाएर कम्तीमा एक दर्जन मन्त्रीहरु नयाँ थप्ने एजेण्डा सहमति नजिक पुगेको सूत्रहरुले जनाएका छन् ।

नेकपाको यसअघि सम्पन्न स्थायी समितिको बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रम बाहेक सबै मन्त्री फेर्ने, दुई वर्ष पुरा भएकालाई हटाउने र नयाँ राख्ने तथा राम्रा काम गरेकालाई राख्ने र काम गर्न नसकेकालाई हटाई काम गर्न सक्ने सम्भावित क्षमतायुक्त व्यक्तिलाई मन्त्री बनाउने मध्ये एक विकल्पमा जान सुझाव दिएको थियो । सोही म्याण्डेड अनुसार प्रम ओलीले अन्तिम विकल्पमा मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS