IME Life

अविरल वर्षासँगै राजमार्गमै पुरिन थाले गाडी, लाखौं रुपैयाँको बीमा दावी पर्ने

SPIL
NIC ASIA

काठमाडौं । तीन दिनदेखि जारी अविरल वर्षाले देशका विभिन्न राजमार्गहरुमा गुडेका सवारी साधनहरु पुरिएका छन् । धादिङ, मकवानपुर लगायतका स्थानमा आज भएको घटनामा कम्तीमा तीन वटा साधन पुरिएका छन् भने लाखौं रुपैयाँको बीमा दावी पर्ने भएको छ ।

हेटौडा–काठमाडौं जोड्ने बैकल्पिक सडकको देउराली भन्ने स्थानमा एउटा स्कार्पियो जिप र एक वटा मोटरसाइकल पुरिएको छ । घटनामा एक जना घाइते भएका छन् । बा१७च ४८७४ नम्वरको स्कार्पिओ र सो चालकसहित पुरिएका छन् । चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घटनामा सवारी साधन पूर्ण रुपमा क्षति भएको तथा एक जनाको मृत्यु भएकोले कम्तीमा ३० लाख रुपैयाँ बीमा दावी पर्ने अनुमान गरिएको छ ।

Prabhu
Crest

त्यस्तै, पृथ्वीराजमार्गको गजुरीमा पहिरोमा दुई वटा ट्रक कन्टेनर पुरिएका छन् । आज विहान काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर सो पहिरोमा पुरिएको हो । सो साधनको बीमा दावी नेपाली बीमा कम्पनीमा पर्ने देखिएको छ । त्यस्तै गजुरीस्थित पहिरोमा पुरिएको एचआर ३३–९९०१ नम्बरको भारतीय कन्टेनरको बीमा दावी भारतीय बीमा कम्पनीमा पर्ने देखिएको छ ।

अविरल वर्षासँगै आएको पहिरोको कारण मध्यपहाडी लोकमार्गको बागलुङ–पर्वत खण्ड अबरुद्ध भएको छ । सो राजमार्ग अन्तर्गतको पर्वतको सहस्त्रधारामा लगातार पहिरो जाँदा सडक नै अवरुद्ध हुन पुगेको छ । सो स्थानमा भौतिक तथा मानवीय क्षति भएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS