IME Life

के हो नेप्सेको सर्भर समस्या ? ब्याण्डविथमा सुबिसुको बदनियत, सर्भर अपग्रेड अनिवार्य

SPIL
NIC ASIA

काठमाडौं । नेपालको पुँजि बजारको कारोबार हुने एक मात्र नेपाल स्टक एक्सचेन्जमा अनलाईनबाट शेयर कारोबार गर्न दिनहुँ समस्या आउने गरेको छ । नेप्सेमा लगातार समस्या आएपछि अर्थमन्त्रालयले नेप्सेलाई तीन दिनभित्रमा समस्या समाधान गर्न निर्देशन दिएको छ।

इन्स्योरेन्स खवरले प्राप्त विवरणमा सुबिसु केवल नेटको बदनियत फेला परेको छ । नेप्सेको सर्भरलाई प्राथमिक ब्याण्डविथ सेवा प्रवाह गर्दै आएको सुविसुबाट गुणस्तरीय ब्याण्ड सेवा प्रवाह हुन नसक्दा बारम्बार समस्या आउने गरेको खुलेको छ । नेप्से अनलाईन शेयर कारोबार बढेसँगै ब्याण्डविथको क्षमता विस्तार नहुँदा त्यसको असर सर्भरको र्याम र प्रोसेसरमा परेको अनुमान गरिएको छ । नेप्सले प्राइमरी रुपमा कारोबार गर्दै आएको आफ्नै सर्भर वल्र्डलिङ्क वीजुम प्रिमियर युजर्स पुल नामको होस्टिङ बनाएर ब्याण्डविथ समेत वल्र्ड लिङ्ककै प्रयोग हुँदै आएको छ । तर वल्र्डलिङ्की होस्टिङ विभागकी कर्मचारी निलम गोर्खालीका अनुसार उक्त पुल नामक होस्टिङ वल्र्डलिङको होइन । अरु कसैले आईपी लिएर नाम वल्र्डलिङ्कको राखेको हुनसक्ने उनले बताईन् । सो विजुम प्रिमियम युजर्स पुलमा नेपालका नाम चलेका पाँच वटा बैंकको सर्भर समेत होस्टिङ् भइरहेको देखिएको छ । बैंकहरुको तथ्याङ्क र प्रयोगकर्ता धेरै हुने ठाउँमा नेप्सेको सर्भर जोडिँदा अन्य क्षेत्रमा परेको असरले नेप्सेलाई प्रभावित बनाउनेछ । ब्याण्डविथले सर्भर र प्रयोगकर्ताहरुलाई जोड्ने पुलको काम गर्दछ ।

Prabhu
Crest

वल्र्डलिङ्कबाट डेडिकेटेड आईपी लिएर सर्भर नेप्सेले डाटा सेन्टर चलाएको देखिएको छ । प्राइमरी ब्याण्डविथ भने सुविसुबाट लिएको छ । सुविसुबाट निर्धारित ब्याण्डविथ नआउँदा समस्या आएको देखिएको छ । रुट वल्र्डलिङ्ककै एएस १७५०१ मार्फत दिइएको छ । डब्लुलिङ्कको तीन वटा नेमसर्भरमार्फत जोडिएको सिष्टममा दुई वटा समस्या देखिएको छ, पहिलो: ब्याण्डविथ र दोस्रो: सर्भरको समस्या । साइट नचल्नु र टिएमएस नचल्नु ब्याण्डविथको समस्या हो भने ब्रोकरहरुको एकाउण्ट आफै लगआउट हुनु सर्भरको क्षमताको कमी भएको बुझ्न सकिने आईटीबिज्ञ सुन्दर आचार्य बताउँछन् । बैंक तथा बीमा कम्पनीहरुका लागि सिष्टम बनाइसकेको आचार्यले भने, ‘नेप्सेको अनलाईन प्रणालीमा मुख्य रुपमा दुईवटा समस्या देखिएको छ, पहिलो ब्याण्डविथ र दोस्रो सर्भर ।’ नेप्सेमा दुवै समस्या एकै पटक देखिएको छ  । दुवै समस्या एकै पटक देखिनुले नेप्सेको अनलाईन प्रणाली जीर्ण अवस्थामा पुगेको विश्लेषण गरिएको छ ।

नेप्सेले अनलाईन कारोबार गर्दै आएको सफ्टवयेर निर्माण गर्ने भेन्डर वाईको नेपाल हो । उसको सफ्टवयेरसँग मात्रै सम्बन्ध राख्दछ । सफ्टवयेरका कतिपय प्लगइनमा सस्या आउन सक्ने हुन्छ । डिएनएसले सफ्टवयेर र सर्भरलाई जोड्ने काम गरेको हुन्छ । भेन्डरले गुणस्तरीय सेवा नदिएमा पनि अनलाईन प्रणालीमा समस्या आउँछ । तर नेप्सेको अहिलेको अवस्था हेर्दा भेन्डरको समस्या नभएको जस्तो देखिन्छ । तर, गत वर्षजस्तै बैंकहरुको एटिएम नेटवर्कको स्वीच ह्याक भएजस्तै ह्याक गरिएको हो भने वाईको नेपालकै कमजोरी रहन्छ । यो काण्डमा वाईको नेपाललाई अछुतो छ भनेर भन्न सकिदैन ।

नेप्सेसँग आफ्नै डाटासेन्टर छ ।  ब्याण्डवीथ भने सुबिस, भायोनेट र वेभसर्फरसँग लिँदै आएको छ । तर, युजर भने टेलिकम र एनसेलको युजर धेरै भएका कारण समेत ब्याण्डवीथमाथि भार परेको देखिएको छ । नेप्सेले गत आईतबारको समस्यापछि सोमबारको कारोबार भने वेभसर्फर र वल्र्डलिङ्क दुवैको ब्याण्डविथ जोडेर कारोबार गराएको थियो । वेभसर्फरको ब्याण्डविथ बैकल्पिक हो । तर, समस्या आएपछि युजर फ्लो बढि भएको निष्कर्ष निकाल्ने दुवैको ब्याण्डविथ जोडेर परिक्षण गर्दा सोमबारदेखि समस्या आएको छैन । प्राविधिक रुपमा समस्या आएपछि सो समस्या हल गर्न नेप्सेले नेपाल टेलिकमसँग सहकार्य गर्न छलफल अघि बढाइसकेको जनाएको छ ।

सुबिसुसँग लिइएको ब्याण्डविथ प्राईमरी हो जुन सामान्य अवस्थामा त्यही प्रयोग हुन्छ । त्यस्तै ब्याकअपको रुपमा वेभसर्फरको समेत ब्याण्डवीथ छुट्टाएर राखेको छ । वेभसर्फरको ब्याण्डविथ चाही कुनै समस्या परेमा मात्रै प्रयोग हुन्छ । ब्रोकर कम्पनीहरुले प्रयोग गर्ने ब्याण्डवीथ भायोनेटको छ । एकै पटक तीन लाख भन्दा बढि प्रयोगकर्ताहरुलाई एक्सेस दिनुपर्ने भएकोले सबैतिर मिलाएर समस्या नआउने गरी प्रबन्ध गर्न खोज्दा समेत सुविसुकै कारण समस्या आएको देखिएको छ । सुबिसुको ब्याण्डविथ ठूलो मात्रामा टिभीमा खपत हुँदा त्यसको असर नेप्सेमा परेको अनुमान गरिएको छ । लकडाउनमा मानिसहरु घरैमा बसेका कारण टेलिभिजन खुल्ला राख्दा समस्या आएको हुनसक्छ । डेडिकेटेड ब्याण्डविथ दिनुपर्नेमा शेयर ब्याण्डविथ दिएको कारण समेत यस्तो समस्या आएका हुनसक्दछ । यसको विस्तृत विवरण सिष्टम अडिटपछि मात्रै पत्ता लाग्दछ । सुविसु नेपालको ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी समेत हो ।

नेप्सेले सर्भरलाई मात्रै बार्षिक करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ । तर, सेवाप्रदायक कम्पनीहरुले सम्झौता गरे बमोजिमको ब्याण्डविथ नदिन सक्छन् । समस्या चलेकै हुन्छ सामान्य मानिसरलाई थाहै नहुने ब्याण्डविथको कारोबार ठूलो चलखेल हुने गरेको नेप्सेको समस्याबाट खुल्न आएको छ ।

नेप्से समस्याको समाधान विधि के ?
नेप्सेको आएको समस्याको दीर्घकालिन हल गर्नुपर्ने देखिएको छ । लकडाउन खुल्ला भई मानिसहरु घरैमा बस्ने अवस्थाको अन्त्य भएमा तत्काल सो समस्या हल हुन्छ । तर, त्यो दीर्घकालिन हल होइन । अहिले विहान ११ बजेपछि १२ बजेसम्म नेप्सेको सर्भरमा अत्याधिक चाप पर्ने गरेको देखिएको छ । एकै पटक धेरै प्रयोगकर्ताहरुले नेप्सेको साईट, टिएमएसमार्फत प्रयोग गर्न खोज्दा समस्या आएको छ । सबैले शेयर कारोबारको अवस्था के छ भनेर एकै पटक नेप्सेको सर्भरमा छिर्न खोज्दा ठूलो भिड सानो गेटबाट निस्कदा कोचाकोच भएजस्तै हुन पुगेको हो । त्यसैले प्रयोगकर्ता बढे अनुसार नेप्सेको सर्भर र अनलाईन कारोबार प्रणालीलाई दीर्घकालिन रुपमा हल गरेर अघि बढ्न निम्न उपायहरु अवलम्वन गर्नुपर्ने देखिएको छ ।

के हो अनलाईन प्रणाली
नेप्से वा नेप्से जस्तै धेरै प्रयोगकर्ताहरुले एकै पटक सेवा लिने सर्भर समस्या बारे बुझ्नुअघि सर्भर, ब्याण्डविथ र प्रयोगकर्ताको संख्या तथा प्रयोग हुने एप (सफ्टवयेर) बारे बुझ्नु जरुरी हुन्छ । एउटा प्रणाली समस्यारहित नियमित सञ्चालन हुन प्रयोगकर्ता र प्रयोगकर्ताले लगइन गर्ने एप तथा सफ्टवयेरको लोडबारे बुझ्नु जरुरी छ । लोड भन्नाले प्रयोगकर्ताको कूल संख्यालाई उसले प्रयोग गर्ने सफ्टवयेर तथा एपले कति डाटा खपत गर्दछ भन्ने हो । यो दुई कुराले कूल प्रयोग हुने डाटाको खपत निर्धारण गर्दछ । साथै सफ्टवयेरमा प्रयोग हुने प्रक्रियामा पनि भर पर्दछ । उदारहणको लागि वेभसाईमटै भिडियो प्ले हुने सफ्टवयेर भए धेरै लोड हुन्छ । फोटा मात्रै हुने साइट वा एप अलि कम र अक्षर मात्रै हुने एप र वेभसाइट निकै कम हुन्छ । टिकटक, फेसबुक एपमा ४०० एमबीसम्म डाटा प्रयोग हुन्छ भने इन्स्योरेन्स खवरको फोटो र अक्षर भएको साइटमा जम्मा ५० एमबी (अनुमानित) डाटा मात्रै खपत हुन्छ । अब जति धेरै प्रयोगकर्ताहरु भए उति धेरै डाटा खपत हुने हुँदा त्यति नै धेरै ब्याण्डविथ चाहिन्छ । ब्याण्डविथ मात्रैले पनि हुँदैन । सर्भरको हार्डड्राईभमा भएको डाटा सञ्चालन हुँदा त्यसलाई प्रोसेसिङ गर्न सक्ने क्षमतावान र्याम र प्रोसेसर  हुनु आवश्यक छ । यही त्रिपक्षिय संयोजन नै अनलाईन प्रणालीको समष्टी रुप हो ।

सर्भर अपग्रेड
नेप्सेको डाटा सेन्टर राखिएको सर्भर अपग्रेड गर्ने समय आएको छ । नेप्सेका अनुसार त्यहाँ एसएसडी हार्डड्राईभ (अहिलेको चलन चल्तीको सबैभन्दा राम्रो) नै राखिएको छ । हाल नेप्सेमा सिष्टममा जम्मा चार वटा सर्भर रहेका छन् । करिब तीन लाख प्रयोगकर्ताहरुलाई जुन अपुग नै हुन्छ । अब सबैलाई अपग्रेड गरी प्रयोगकर्ता बढे अनुसार कम्तीमा १० वटा पुर्याउनुपर्ने देखिन्छ । सिष्टम अपग्रेड दुई किसिमले हुन्छ । पहिले त्यही सिष्टममा उच्च क्षमतायुक्त उपकरण जडान गरेर दोस्रो सिष्टममा सर्भर थप गरेर । सिष्टम विकास गर्दा भोलिका दिनमा शेयर लगानीकर्ता पाँच लाखबाट बढेर २० लाखसम्म पुग्न सक्छन् भन्ने विश्लेषण गरेर सिष्टम तयार गर्नुपर्ने हुँदा नेप्सेको डाटा सेन्टरको सर्भर क्रमशः थप गर्दै लैजानुपर्ने देखिन्छ ।

त्यस्तै सर्भरको कार्यक्षमता त्यहाँ जडान गरिएको र्याम र प्रोसेसरको क्षमताले पनि प्रभाव पार्दछ । उपकरणहरु अत्याधुनिक र उच्च क्षमतायुक्त हुनु आवश्यक छ । सर्भरको क्षमता, प्रयोगकर्ताले चलाउने एप, प्रयोगकर्ताको संख्या र ब्याण्डवीथ सबैको सामूहिक संयोजनबाट मात्रै नेप्सेमा समस्यारहित अनलाईन कारोबार गर्न सकिने आईटीका ज्ञाता सुन्दर आचार्य बताउँछन् ।

सर्भरको क्षमता कम भएमा (सर्भरको र्याम र प्रोसेसर पर्याप्त नभएमा), प्रयोगकर्ताको इन्टरनेट स्लो भएमा, ब्याण्डविथको क्षमताभन्दा बढि प्रयोगकर्ता एकै पटक लगइन गर्न आएमा नेप्सेको सर्भरले काम गर्न छोड्छ । अहिले पनि यस्तै मध्येमा कुनै समस्या आएको हुनुपर्छ ।’ साथै उनले सिष्टम ह्याक भएको हुनसक्ने समेत जनाएका छन् । आईटीबिज्ञ आचार्यले सर्भर क्षमतायुक्त बनाउने, सस्तो भन्दा गुणस्तरीय सर्भर थप गर्ने र सर्भरको र्याम, प्रोसेसर उच्च गुणस्तरको हुनुपर्नेमा सम्झौता नगर्ने सुझाव नेप्सेलाई दिन्छन् । त्यस्तै प्रयोगकर्ता अनुसारको ब्याण्डविथ हर समय उपलब्ध हुने व्यवस्था गर्नुपर्ने बताउँछन् ।


पर्याप्त ब्याण्डविथको व्यवस्था
नेप्सेको अनलाईन कारोबार प्रणाली सहज हुन पर्याप्त ब्याण्डविथ आवश्यक पर्दछ । नेप्सेमा अहिले स्वदेश तथा विदेशबाट समेत प्रयोगकर्ताहरुले प्रयोग गर्ने हुँदा ब्याण्डविथ पर्याप्त व्यवस्था गर्नुपर्ने हुन्छ । ब्याण्डविथको मुख्य डिलर नेपाल टेलिकम र एनसेल भएको हुँदा उल्लेखित दुई कम्पनीसँग सिधा डिल गरेर ब्याण्डविथ लिँदा अहिलेको मूल्य वा केही थप गर्दा अहिले पाइरहेको ब्याण्डविथ भन्दा कैयौं गुणाबढि ब्याण्डविथ पाउन सकिने देखिन्छ । नेप्सेको अहिलेको प्रयोगकर्ताको अवस्था हेर्दा एक लाख जनाले एकै पटक टिएमएस वा अन्य माध्यमबाट नेप्सेमा लगइन गर्ने देखिन्छ । एक जना प्रयोगकर्ताले ५० एमबी डाटा खपत हिसाब गर्ने हो भने न्यूनतम पाँच हजार जिबी ब्यावण्डवीथ आवश्यक पर्दछ । सो अनुसार प्रयोगकर्ता बढे अनुसार ब्याण्डविथ बृद्धि गर्दै जाने सिष्टम नेप्सेमा जोडिनुपर्दछ । ब्याण्डविथको हिसाब किताब एप, प्रयोगकर्ता, सर्भरको विश्लेषण गरेर गणना गरिनुपर्दछ ।

नियमित सिष्टम अडिटको व्यवस्था
नेप्सले मासिक रुपमा आफ्नो सिष्टम अडिट गर्नुपर्दछ । लाखौं प्रयोगकर्ताहरुको खर्बौ रुपैयाँ सम्पत्तिको हिसाब किता राख्ने संस्थाको सिष्टममा गडबडी हुन नदिन नियमित सिष्टम अडिट गराईराख्नुपर्दछ । सर्भर, एप्स पुरैको सिष्टम छ महिना वा एक वर्षमा गराए पनि सर्भर र ब्याण्डविथको सिष्टम अडिट साप्ताहिक वा मासिक रुपमा गर्ने व्यवस्था मिलाउनुपर्दछ । प्रयोगकर्ताको फ्लो एनालाईसिस गरेर सो अनुसार ब्यावण्डविथको व्यवस्था गर्ने काम गर्नुपर्दछ । साथै सो सिष्टम अडिट गर्दा आफ्नै आईटी अधिकृतले स्वीकृत गर्ने व्यवस्था मिलाई पछि पुनः अडिट गर्दा तलमाथि भएको पाइएमा कारवाही गर्ने व्यवस्था मिलाउनुपर्दछ ।

सिष्टम अडिट गर्दा सम्झौता गरेको भन्दा कम ब्याण्डविथ आएको रहेछ भने तत्कालै पत्ता लगाउन सजिलो हुन्छ र अहिले सुविसुले गरेको जस्तो फट्याई तत्कालै पत्ता लाग्न गई कारवाही गर्न सजिलो हुन्छ । साथै सर्भरको सिष्टम अडिट मासिक रुपमा भइरहँदा सर्भर कम्युटरको रुपमा जडान गरेका सामग्रीहरुको कार्यक्षमता नियमित जाँच हुने हुँदा कार्यक्षमता ह्रास आएको समयमै पत्ता लाग्न पुग्दछ र समस्या आउनु पूर्व नै समाधान हुनेछ । उदारहणको लागि तीन वर्ष आयु भएको सर्भर कम्प्युटरले तापक्रम वा पावरमा गडबडीका कारण डेढ वर्षमा कार्यक्षमता ह्रास आई एक वर्षमै आधा मात्रै गतिमा कुदिरहेको हुनसक्छ । सिष्टम अडिटबाट यस्ता कुराहरु समयमै पत्ता लाग्न गई बबण्डर हुने गरी समस्या आउनुपूर्व नै समाधान गर्न सकिन्छ । अर्को कुरा सर्भर कम्प्युटरको ३३ प्रतिशत ह्रास कट्टी गरी ३ वर्षपछि रिप्लेस गर्ने व्यवस्था मिलाउनुपर्दछ । यी सबै कुरा नियमित सिष्टम अडिट गर्ने व्यवस्था मिलाएपछि आफै हल हुँदै जान्छ ।

सर्भर समस्या काण्डको निष्पक्ष छानविन
नेप्सले हाल उत्पन्न भएको सर्भर समस्या तथा अनलाईन कारोबार प्रणालीमा आएको समस्याको स्वतन्त्र छानविन गर्न तत्काल दक्ष व्यक्तिको नेतृत्वमा कार्यदल गठन गर्नुपर्दछ । स्वतन्त्र कार्यदलले गरेको छानविनको आधारमा दोषी देखिएकालाई कारवाही गर्नुपर्दछ । गलत त कही न कही भएकै छ । यसले दोषी पत्ता लागि आगामी दिनमा यस्ता अपराध गर्ने कार्य निरुत्साहित हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS