नेपाल बैंकर्स सङ्घ कर्णाली प्रदेशको प्रदेश संयोजकमा शाक्य

Citizen Life Insurance Co

काठमाडौं । नेपाल बैंकर्स सघंले कर्णाली प्रदेश एकाइ समिति गठन गरिएको छ । एभरेष्ट बैंक प्रदेश कार्यालय प्रमुख राजकुमार शाक्यको संयोजकत्वमा पाँच सदस्यीय बैंकर्स संघ कर्णाली एकाइ समिति गठन गरिएको हो ।

एकाइको सहसंयोजकमा ग्लोबल आइएमई बैंकका विष्णु अर्याल तथा सदस्यमा सिभिल बैंकका अभिजित श्रेष्ठ, सेन्चुरी बैंकका धर्मराज श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख रामकुमार थापा चयन भएका छन् ।

यस अघि केन्द्रमा मात्रै रहेको बैंकर्स संघलाई सातै प्रदेशमा एकाइ समितिका रुपमा विस्तार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार