IME Life
Beema Board

कर्मचारी सञ्चयकोष आज ५९ औं बार्षिकोत्सव मनाउँदै, छ लाख सञ्चयकर्ताको साढे तीन खर्ब पुँजि संकलन

SPIL
NIC ASIA

काठमाडौं । कर्मचारी सञ्चय कोष आजबाट ५८ वर्ष पूरा गरी ५९ औं वर्षमा प्रवेश गरेको छ । ५९ औं बार्षिकोत्सवको अवसरमा कोषले आज अनलाईन माध्यमबाट सापटीको साँवा ब्याज भुक्तानी तथा किस्ता तिर्न सकिने व्यवस्था सुरु गरेको छ ।

२०१९ साल भदौं ३१ गते स्थापना भएको कोषमा छ लाख भन्दा बढि सञ्चयकता आबद्ध भएका छन् । कोषले करिब साढे तीन खर्बको पुँजि परिचालन गर्दै आएको छ । कोषले आफ्ना कर्मचारीहरुलाई स्वास्थ्य बीमा सुविधा आफैले सञ्चालन गर्दै आएको छ । २०७५ मंसिर १ गतेदेखि राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी छ लाखभन्दा बढि निजामति कर्मचारीहरुलाई बीमा सुविधा दिएकोमा दावी भुक्तानी प्रक्रिया झन्झटिलो भएको भन्दै आफैले बीमा सेवा प्रवाह गर्दै आएको छ ।

Prabhu
Crest

५९ र्आौ बार्षिकोत्सवको अवसरमा कोषले आज बुधबार नेपालकै सबैभन्दा आधुनिक डाटा सेन्टरको शुभारम्भ गरेको जनाएको छ । निजामति कर्मचारीहरुलाई विशेष सुविधा दिन केन्द्रीत रहेको कोषले आफ्ना सञ्चयकर्तालाई विभिन्न प्रयोजनको लागि सापटी दिने, आवास सुविधा दिने, बीमा सुविधा दिने जस्ता काम गर्दै आएको छ । सञ्चय कोष नेपालका सबैभन्दा ठूलो कोष भएको वित्तीय संस्था समेत हो । ठूला बैंक, राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई ठूलो पुँजि आवश्यक पर्दा कोषले नै योगदान गर्दै आएको छ । कोषका राजधानीमा आधा दर्जनभन्दा बढि व्यापारिक भवनहरु निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएको छ । सुन्धाराको काठमाडौं मल, ठमेल, पुल्चोक, लगनखेल लगायतका स्थानमा कोषका ठूला व्यापारिक भवनहरु रहेका छन् ।

त्यस्तै कोषले आगामी दिनमा सात वटै प्रदेशमा प्रदेश कार्यालयमार्फत सेवा प्रवाह गर्ने प्रसासक तुलसी प्रसाद गौतमले बताए । बार्षिकोत्सवको दिन आज सञ्चयकोषका सबै कार्यालयहरु विदा दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS