IME Life

सर्भर र पोर्टको समस्या हल गर्न नेप्सेले माग्यो ७२ घण्टाको समय

SPIL
NIC ASIA

काठमाडौं । लगातार सर्भर जाम र कनेक्सन पोर्टको समस्या भोगिरहेको नेपाल स्टक एक्सचेन्जले प्राविधिक समस्या हल गर्न ७२ घण्टाको समय मागेको छ । नेप्सेको अनलाईन शेयर कारोबार प्रणाली दक्ष जनशक्ति, गुणस्तरीय सर्भर तथा उच्च क्षमताको आईपिपोर्ट नहुँदा केही दिनदेखि प्रयोगकर्ताको लोड धान्न नसकेर लगातार अबरुद्ध हुँदै आएको छ ।

नेप्सेको सर्भरमा लगातारको समस्यापछि सोमबार विहान अर्थमन्त्रालयले डाकेको छलफलमा नेप्सले समस्या समाधानको लागि ७२ घण्टाको समय मागेको हो । उक्त समयभित्र समस्या समाधान गर्ने नेप्सेले जनाएको छ । सो समस्याको हल गर्न नेप्सले दुई दिन अघि एक जना आईटी बिज्ञलाई ल्याएर मिलेर काम गरिरहेको छ । बिज्ञ थप गरेपछि आज भने समस्या आएको छैन ।

Prabhu
Crest

अर्थमन्त्रालयमा सोमबार भएको छलफलमा बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकारी चन्द्रसिंह साउद सहभागी थिए । नेप्सेले असोज १ गतेदेखि त्यस्तो समस्या नआउने र तीन दिन (७२ घण्टा) भित्रमा सबै प्राविधिक समस्याहरुको हल गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिबद्धता अनुसार नेप्सेले आफ्नो काम सुरु गरिसकेको जनाएको छ । केही दिनदेखि लगातार नेप्सेमा आएको ह्याक भएर आएको हो वा सर्भर रहेको आईपी नै जाम गरिएको हो भन्ने खुल्न सकेको छैन । साथै नेप्सेमा प्राविधिक सेवा दिइरहेको सुबिसुको कारण पनि समस्या आएको हुनसक्ने अनुमान छ ।

नेप्सेको मुख्य सर्भरमा हार्डवयेर तथा सफ्टवयेर समस्या आएको नभई नेटवर्किङ सम्बन्धी समस्या आएको हो । नेटवर्किङ अन्तर्गत सर्भरका बीचमा कनेक्सन फेल हुने तथा डाटाहरु सही बाहिर नदिने समस्या आएको छ । साथै ब्रोकरको आईडी अटोमेटिक लगआउट गरिदिएकाले ह्याक भएको हुनसक्ने समेत अनुमान गरिएको छ । सुबिसु केवल नेटलाई दिइएको ठेक्कामा वल्र्डलिङ्क र वेभसर्फरको पोर्ट प्रयोग हुँदै आएको छ । सुबिसुले किन अन्य कम्पनीहरुको पोर्ट प्रयोग गरिरहेको छ भन्ने खुल्न सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS