IME Life

बैंक, बीमा कम्पनीका दर्जनौं कर्मचारी सडकमै रोकिए

SPIL
NIC ASIA

काठमाडौं । स्थानीय प्रशासनसँग समन्वय गर्न नसक्दा बैंक तथा बीमा कम्पनीका दर्जनौं कर्मचारीहरु बीच सडकमै रोकिन पुगेका छन् । स्थानीय प्रशासनले अनुमति दिएका भन्दा बाहेकका शाखाका कर्मचारीहरु आफ्नो सवारी साधन लिएर सडकमा निस्केपछि प्रशासनले बीच बाटोमा नै रोकेको हो ।

कोरनो भाइरस नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय प्रशासनले संयुक्त रुपमा आजबाट जारी गरेको निषेधाज्ञामा समन्वय नहुँदा दर्जनौं बैंकका सयौं कर्मचारीहरु बीच सडकमा अलपत्र परेका हुन् । आज विहान कार्यालय जान हिडेका कर्मचारीहरु महाराजगन्ज, बालाजु, लाजिम्पाट, केशरमहल, कमलपोखरी लगायतका क्षेत्रमा अल्झिएका छन् । सुरक्षाकर्मीहरुले कार्यालय जाने अनुमति बाहेकका मानिसहरु बाहिर निस्केकोले रोकिएको जनाएका छन् ।

Prabhu
Crest

यता, महानगरीय ट्राफिक प्रहरी कार्यालयले भने सडकमा चेकजाँच मात्रै गरेको जनाएको छ । तर, सडकमा बैंकहरुको भिड बढेपछि प्रहरीले समेत सवारी साधन नियन्त्रणमा लिएर रोकिरहेको छ । कोरोना नियन्त्रणको लागि घोषणा गरिएको निषेधाज्ञामा सडकभरि सवारी साधन दगुरेर निषेधाज्ञाको औचित्यमाथि प्रश्न उठेपछि कडाई गर्नु परेको काठमाडौं प्रशासनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS