IME Life

सबै बीमा कम्पनीहरुलाई बीमा समितिको चार बुँदे निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुलाई चार बुँदे निर्देशन जारी गर्दै कोभिड–१९ भाइरसको जोखिम न्यूनिकरणका उपाय अपनाउन भनेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले मंगलबार अबेर निर्देशन जारी गर्दै सबै बीमा कम्पनीहरुलाई भेला, जमघट लगायतका कार्यहरु नगर्न तथा डिजिटल माध्यमबाट बैठकहरु गर्न भनेको छ । त्यसैगरी, समितिले सबै कम्पनीहरुलाई कोभिड–१९ बाट बच्न आवश्यक सम्पूर्ण आधारभूत सामग्री व्यवस्था गर्न भनेको छ ।

त्यसैगरी, समितिद्वारा आज जारी निर्देशनमा बीमा कम्पनीमा कार्यरत कुनै कर्मचारीमा कोरोना भाइरस देखिएमा उक्त कर्मचारी र उक्त कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको समेत पिसिआर परिक्षण गर्ने खर्च कम्पनीले व्यहोर्ने गरी परिक्षण गराउन भनिएको छ । समितिद्वारा जारी निर्देशनमा आईशोलेशन वा क्वारेन्टिनमा रहेका कर्मचारीले पुरै तलव पाउने गरी अतिरिक्त विदाको व्यवस्था गर्न र घरैबाट काम गर्ने कर्मचारीलाई हाजिरीमा वर्क फ्रम होमको व्यवस्था गर्नु गराउन निर्देशन दिइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS