IME Life
Beema Board

बैंकका काउन्टरमा कोरोनाको जोखिम, बैंकमा नआउन बैंकर्स संघको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि बैंकका काउन्टरमा नआउन सर्वसाधारणलाई अपिल जारी गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले हिजो एक अपिल जारी गर्दै सर्वसाधारणलाई बैंकका काउन्टरमा नआउन आग्रह गरेको हो ।

संघले सकेसम्म सर्वसाधारणलाई घरैबाट डिजिटल माध्यमबाट कारोबार गर्न आग्रह गरेको छ । संघले कोरोना महामारीबाट बच्न तथा जोखिम न्यूनिकरणको लागि भन्दै यस्तो आग्रह गरेपनि पछिल्ला केही दिनदेखि बैंकका काउन्टरहरु कोभिडबाट असुरक्षित हुँदै गएपछि यस्तो आग्रह गरेको हो । स्रोतका अनुसार दर्जनभन्दा बढि बैंकका थुप्रै कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

Prabhu
Crest

संघले बैंकका काउन्टरहरु सुरक्षित प्रमाणित गर्न सकिने अवस्था नरहेको भन्दै यस्तो आग्रह गरेको हो । बैंकले शाखामा आउन समस्या भएमा सम्बन्धित शाखामा टेलिफोन गरी आफ्नो बारेमा जानकारी लिन सकिने समेत जनाएको छ ।

कोभिडको जोखिम बढेर केही बैंकहरुले जोर बिजोर प्रणालीबाट शाखा कार्यालय सञ्चलान गर्न थालेको सन्दर्भमा संघको यस्तो अपिल बाहिर आएको हो । पछिल्लो समय राजधानी काठमाडौंसहित देशैभरि कोभिड–१९ को महामारी बढ्ने क्रममा रहेको छ । राजधानी काठमाडौंमा दैनिक १०० भन्दा बढि र देशैभरिमा दैनिक पाँच सय हाराहारीमा मानिसहरु संक्रमित भइरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS