IME Life
Beema Board

सानिमा बैंकको नाफा २५ प्रतिशतले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चौथौ त्रैमासको अवधिमा सानिमा बैंकको खुद नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार खुद नाफा २४ दशमलव ५६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष बैंकको यस्तो नाफा २ अर्ब २५ करोड रुपैयाँ थियो।

गत आर्थिक वर्षको चौथो त्रेमाससम्ममा बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको यस्तो आम्दानी ४ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

Prabhu
Crest

समिक्षा अवधिमा बैंकको संचालन नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत वर्ष २ अर्ब ४१ करोड रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८९ अर्ब ३७ करोड रुपैयाँबाट बढेर १ खर्ब ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८१ अर्ब ४१ करोड रुपैयाँबाट बढेर ९० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS