IME Life

बीमाङ्कीय मूल्याङ्कन निर्देशिका एकीकृत र संशोधन हुँदै, फूल फ्लेज्डको सोल्भेन्सी–१ लागू गरिने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बीमाङ्कीय मूल्याङ्कनलाई थप व्यस्थित र चुस्तदुरुस्त राख्न तीन वटा महत्वपूर्ण विषय संशोधन प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । बीमा समितिका अध्यक्ष चिञ्जीवी चापागाँईका अनुसार सोल्भेन्सी निर्देशिका २०७० लाई एकीकरण गर्ने, अफसाईड सर्वेक्षणलाई थप स्पष्ट गर्ने, अनअलोकेटेड फण्डलाई पोर्टफोलियोवाईज व्यवस्था गर्ने तथा फूल फ्लेज्डको सोल्भेन्सी १ लागू गर्ने गरी बीमाङ्कीय निर्देशिका संशोधन गर्न लागेको हो ।

बीमा समितिले दुई निर्देशिकालाई एकीकृत गरी नयाँ निर्देशिका समेत जारी गर्न लागेको छ । २०७० सालमा जारी सोल्भेन्सी मार्जिन निर्देशिका बीमाङ्कीय मूल्याङ्कन निर्देशिकामा एकीकृत भएर आउने छ । नयाँ निर्देशिकामा सोल्भेन्सी मार्जिन १.५ वा सो भन्दा बढि मात्रैलाई बीमा समितिले स्वीकार गर्नेछ । सोल्भेन्सी मार्जिन १.५ भन्दा तल आउने बीमा कम्पनीहरुलाई बीमा समितिले निगरानी गर्ने छ र १ वा सो भन्दा तल आएको अवस्थामा बीमा समितिले उक्त कम्पनीका विरुद्धमा कडा कदम चाल्ने छ ।

Prabhu
Crest

नयाँ जारी हुनै लागेको निर्देशिकामा अफसाईड सर्वेक्षण गाईडलाईनमा एक रुपता कायम गरिएको छ । यसले बीमा समितिको नियमनलाई थप प्रभावकारी बनाउने छ । त्यस्तै, अन एलोकेटेड फण्ड एउटै बास्केटमा राख्ने गरिएकोमा अब पोर्टफोलियावाईज फण्डको व्यवस्था गरिएको छ । यसले सम्पूर्ण बास्केटबाट एउटा प्रोडक्टमा फण्ड लैजाने अभ्यास अन्त्य हुनेछ ।

बीमा समितिका अध्यक्ष चापागाईले भने, ‘हामीले यसअघि जारी गरेको सोल्भेन्सी मार्जिन निर्देशिका २०७० फूल फ्लेज्डको थिएन, त्यतिबेला सोल्भेन्सी १ को लागि आधार तयार गर्ने उद्देश्यले पूर्व तयारी गर्न जारी गरिएको थियो । अब पूर्ण रुपमा सोल्भेन्सी १ लागू गर्दैछौं ।’ बीमा समितिले बीमा कम्पनीहरुको नियमलाई प्रभावकारी र पद्धतिसंगत ढंगले गर्न नयाँ व्यवस्था गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS