IME Life
Beema Board

बैंकबाट शेयर धितोमा ऋण लिँदै हुनुहुन्छ ? कुन बैंकको ब्याजदर कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यतिबेला बैंकहरुले शेयर धितो कर्जामा फोकस गरेका छन् । अघिकाशं बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो राखेर ऋण दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो राखेर फरक–फरक ब्याजदरमा ऋण दिने गरेको एक अनौचारिक तथ्याङ्कले देखाएको छ ।

नेपाली आईपैसाका अनुसार शेयरधितोमा कर्जा उपलब्ध गराइरहेका विभिन्न बैंकहरुमध्ये सबैभन्दा सस्तो ब्याजदर नबिल बैंकले न्युनतम ७ दशमलव ३२ प्रतिशतदेखि अधिकतम १२ दशमलव ३२ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने गर्दछ । त्यस्तै, एनआइसी एशिया बैंकले न्युनतम ७ दशमलव ७० प्रतिशत ब्याजदरदेखि अधिकतम १२ दशमलव ७० प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी सबैभन्दा महङगो शेयर धितोमा कर्जा कुमारी बैंकले प्रदान गर्दै आएको छ । बैंकले न्युनतम १० दशमलव ८० प्रतिशत ब्याजदरदेखि अधिकतम १५ दशमलव ८० ब्याजदरमा कर्जा प्रदान गर्ने गरेको छ । नेपाल बङलादेश बैंकले न्युनतम ११ दशमलव ३५ प्रतिशत ब्याजदरदेखि अधिकतम १४ दशमलव ८९ प्रतिशत ब्याजदरमा शेयरधितो कर्जा प्रदान गर्ने गर्दछ ।

सरकारी स्वामित्वमा रहेका तीन बैंकले कति ब्याजदरमा दिन्छन् शेयरधितो कर्जा ?
सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले न्युनतम ९ दशमलव ९७ प्रतिशत ब्याजदरदेखि अधिकतम १४ दशमलव ९७ प्रतिशत ब्याजदरमा उक्त कर्जा उपलब्ध गराउदै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले न्युनतम ८ दशमलव २५ प्रतिशतदेखि अधिकतम ९ दशमलव ५० प्रतिशत ब्याजदरमा शेयरधितो कर्जा दिने गरेको छ भने नेपाल बैंकले न्युनतम ११ दशमलव ०४ प्रतिशत ब्याजदरदेखि अधिकतम १२ दशमलव ०१ प्रतिशतसम्म उक्त कर्जा प्रदान गर्ने जनाएको छ ।


नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS