IME Life
Beema Board

यस्तो छ एनएमबि बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले साउन २६ गते सोमबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यसैगरी व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७।७५ प्रतिशत मात्र ब्याज दिने जनाएको बैंकले संस्थागत मुद्दतीमा ७ प्रतिशत मात्र ब्याज दिने जनाएको छ ।

नवीकरण हुने संस्थागत निक्षेपमा भने बैंकले ७ दशमलव १ प्रतिशत ब्याज दिनेछ । ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि मुद्दती निक्षेप गर्ने व्यक्तिलाई भने बैंकले ८ दशमलव २५ प्रतिशत ब्याज दिने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, कर्जातर्फ एनएमबिले कर्जा तर्फको ब्याजदर न्यूनतम १० दशमलव ९५ प्रतिशतबाट सुरु हुने जनाएको छ । यस्तो कर्जाको अधिकतम ब्याजदर १३ दशमलव ९५ प्रतिशत हुने बैंकले जानकारी दिएको छ ।

बैंकले विभिन्न शीर्षकका ५० भन्दा बढी किसिमका कर्जाहरुमा आधार दरमा २ देखि ५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण हुने बताएको हो । बैंकको आधार दर ८ दशमलव ९५ प्रतिशत छ । यसै आधार दरका आधारमा माथिका कर्जाका व्याजदर निर्धारण हुनेछन्।

बैंकले घर कर्जा र घरको छानामा राखिने सोलारमा भने फरक ब्याजदर घोषणा गरेको छ। बैंकका अनुसार कम्तीमा १० वर्षका लागि लिइने सोलार कर्जामा सिधै ९ दशमलव ९९ प्रतिशतदेखि ११ दशमलव ९९ प्रतिशत ब्याज लाग्नेछ ।

त्यस्तै, बैंकले घर कर्जा लिनेहरुका लागि कर्जा अवधि नभई २ वर्षसम्म ८ दशमलव ९९ प्रतिशत निश्चित ब्याजदर निर्धारण गरेको छ भने ५ वर्षसम्म ११ प्रतिशत ब्याज स्थिर हुने जनाएको छ। यो कर्जाको अवधि भने सेवाग्राहीसँगको सम्झौता अनुसारको हुने बैंकले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS