IME Life
Beema Board

आशा लघुवित्तले कमायो ३ करोड ८१ लाख नाफा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०६७ /७७ को वित्तीय विवरण प्रकाशन गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत वर्षको सोहि अवधिमा आशा लघुवित्तको खुद नाफा ३ दशमलव ७४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षमा ३ करोड ९५ लाख ८५ हजार खुद नाफा गरेको उक्त कम्पनीले गत वर्ष ३ करोड ८१ लाख २ हजार खुद नाफा गरेको छ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्तापूँजी २३ करोड २२ लाख ८८ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम भने उल्लेख्य मात्रामा बढेको छ । अघिल्लो वर्ष १ करोड ३४ लाख ६४ हजार रहेको जगेडा कोष रकम गत वर्ष ७ करोड ४५ लाख ३८ हजार कायम भएको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले सञ्चालन मुनाफा भने अघिल्लो वर्षभन्दा ११५ प्रतिशत बढी गरेको छ । अघिल्लो वर्ष ३ करोड २४ लाख ९८ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले गत वर्ष ७ करोड ९९ हजार सञ्चालन मुनाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा कम्पनीले ९२ प्रतिशत कम खराब कर्जा उठाएको छ । अघिल्लो वर्ष २ करोड ९५ लाख २२ हजार खराब कर्जा उठाएको उक्त कम्पनीले यस वर्ष २३ लाख ५६ हजार मात्र यो कर्जा उठाएको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट १ अर्ब ४४ करोड ८२ लाख ३० हजार सापटी कर्जा सापटी लिएको छ भने २ अर्ब ३४ करोड ४६ लाख १८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष कम्पनीले ८१ करोड ८९ लाख २७ हजार निक्षेप संकलन गरेको छ ।

अघिल्लो वर्ष १ दशमलव ४९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ९८ प्रतिशत पुगेको छ ।चौथो त्रैमाससम्म प्रतिशेयर आम्दानी १६ दशमलव ४० र प्रतिशेयर नेटवर्थ १३२ दशमलव शून्य ९ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS