IME Life
Beema Board

७० बैंक, वित्तीय संस्थाको ६ खर्ब ८९ अर्ब निक्षेपको बीमा, दुई करोड ६० खाताको जोखिम बहन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ७० वटा बैंक तथा वित्तीय संस्थामा खोलिएको दुई करोड ६० लाख वटा खातामा मौज्दात भएको ६ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप बीमा गरिएको छ । उक्त निक्षेप बीमा समितिको नियमनमा बीमा गरिएको नभई निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत बीमा गरिएको हो ।

कोषका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष ८६ अर्ब रुपैयाँ निक्षेप बीमा बृद्धि भएको छ । सरकारले बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीमा प्राकृतिक व्यक्तिको नाममा खोलिएको खाताको न्यूनतम ३ लाख रुपैयाँको बीमा सुरक्षण अनिवार्य गरेको छ । उक्त व्यवस्था अनुसार सबै बैंक वित्तीय संस्थामा खोलिएका खाताहरुमा न्यूनतम ३ लाख रुपैयाँ सम्मको निक्षेप बैंक टाट पल्टेमा वा अन्य कुनै कारणले भुक्तानी गर्न असमर्थ भएमा कोषले भुक्तानी गर्ने गरी बीमा गरिएको हो । आव २०७५।०७६ सम्ममा दुई लाखको सीमा रहेकोमा आव २०७६।०७७ को बजेटमार्फत बृद्धि गरी तीन लाख पुर्याइएको थियो । गत आवमा दुई वटा लघुवित्त कम्पनीले समेत निक्षेप बीमा गराएको कोषले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, कोषले एक अर्ब २४ करोड रुपैयाँ बराबर ७४२ जना साना तथा मझौला ऋणको समेत बीमा गरिएको जनाएको छ । कोषका सिईओ विष्णुबाबु मिश्रका अनुसार करिब १२ हजार ऋणीको साढे अर्ब भन्दा बढि कर्जाको बीमा सुरक्षण गरिएको छ ।
सरकारले साना निक्षेपकर्ताको हितका लागि यस्तो व्यवस्था लागू गरेको हो । तर, निक्षेप बीमा बीमा कम्पनीमा नभई कोषमार्फत गरिदै आएको छ । नेपालमा विभिन्न नाममा बीमा सम्बन्धी गतिविधिहरु हुँदै आएका छन् । संसदको अर्थ समितिमा छलफलको क्रममा रहेको बीमा ऐन २०७५ को विधेयकमा सबै बीमालार्ई एकीकरण गर्न नसकेको भन्दै सांसदहरुले आलोचना गरेपछि थप छलफल हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS