IME Life

चार बैंकको करिब १० अर्बको डिबेन्चर पाइपलाईनमा, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । पूँजी बजारमा आगामी दिनमा करिब १० अर्ब रुपैयाँ बराबरको डिबेन्चरको आइपीओ आउने भएको छ । बीमा कम्पनी, पुर्वाधार विकास बैंक लगायतका संस्थाहरुले अर्बौं रुपैयाँको प्राथामिक शेयर जारी गर्ने तयारी गरिरहेको बेला चार बाणिज्य बैंकहरुले पनि ९ अर्व ६० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री तथा निष्काशन गर्ने तयारी गरिरहेका हुन् । कम्पनीहरुले ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिको पर्खाईमा रहेका छन् ।

वाणिज्य बैंकले अनिवार्य रूपमा चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था छ । यतिबेला बैकहरूको पुँजी कोष बलियो बनाउने गतिलो माध्यमका रूपमा लिइएको ऋणपत्र निष्कासनलाई तीव्रता दिएका छन् । केही बैकले केन्द्रीय बैकको निर्देशन अनुरूप ऋणपत्र निष्कासन गरिरहेका छन् भने केही निष्कासनको तयारीमा छन् ।

Prabhu
Crest

ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका चार वाणिज्य बैंकहरुमा एभरेष्ट बैंक, सानिमा बैंक, एनसीसी बैंक र बैंक अफ काठमाडौं रहेका छन् ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले एक अर्ब रूपैयाँको १० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले ७ वर्ष अवधिको ‘एभरेष्ट बैंक डिबेन्चर २०८३’ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत दिने जनाएको छ ।

बैंकले सर्वसाधारणका लागि ४ लाख इएकाई ऋणपत्र निष्काशन गर्नेछ भने बैंक आफैंले ६ लाख इकाई ऋणपत्र बिक्री गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । बैंकले डिबेन्चर निष्काशनका लागि बोर्डमा गत पुस १४ गते आवेदन दिएको थियो र बैंकलाई बोर्डले फेरि अपुग कागजात माग गर्दै माघ २३ गते कमेन्ट पठाएको जनाएको छ ।

सानिमा बैंक
सानिमा बैंकले चार अर्ब रुपैयाँको ४० लाख एकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १० बर्ष अवधिको लागि सानिमा डिवेन्चर २०८६ जारी गर्न लागेको हो । ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत दिने जनाएको छ ।

बैंकले सर्वसाधारणका लागि १६ लाख रूपैयाँको ऋणपत्र निष्काशन गर्नेछ भने बैंक आफैंले २४ लाख इकाई ऋणपत्र बिक्री गर्ने छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल रहेको छ । बैंकले डिबेन्चर निष्काशनका लागि बोर्डमा पुस २७ गते आवेदन दिएको थियो र बैंकलाई बोर्डले फेरी अपुग कागजात माग गर्दै माघ २३ गते कमेन्ट पठाएको जनाएको छ ।

एनसीसी बैंक
एनसीसी बैंकले तीन अर्ब रुपैयाँको ३० लाख एकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १० बर्ष अवधिको लागि एनसीसी डिवेन्चर २०८६ जारी गर्न लागेको हो । ऋणपत्रको ब्याजदर १०.५ प्रतिशत दिने जनाएको छ ।

बैंकले सर्वसाधारणका लागि १२ लाख रूपैयाँको ऋणपत्र निष्काशन गर्नेछ भने बैंक आफैंले १८ लाख इकाई ऋणपत्र बिक्री गर्ने छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

बैंक अफ काठमाडौं
बैंक अफ काठमाडौंले एक अर्ब ६० करोड रुपैयाँको १६ लाख एकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १० बर्ष अवधिको लागि डिवेन्चर २०८६ जारी गर्न लागेको हो । ऋणपत्रको ब्याजदर १०.५ प्रतिशत दिने जनाएको छ ।

बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार इकाई ऋणपत्र निष्काशन गर्नेछ भने बैंक आफैंले ९ लाख ६० हजार इकाई ऋणपत्र बिक्री गर्ने छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

के हो ऋणपत्र ?
कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । अझै प्रस्ट रूपमा भन्नुपर्दा कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो ।

तोकिएको दर र समयमा सावाँ र ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरेको धितोपत्रलाई डिबेन्चर भनिन्छ । यसको अंकित मूल्य हुन्छ । लगानीकर्ताले सर्तअनुुसार तोकिएको दरमा प्रतिफल प्राप्त गर्दछ । बार्षिक प्रतिफल पाइने डिवेन्चरको कारोबार पुँजि बजारमा हुन्छ । यसको घटबढ भने एकदमै न्यून मात्रामा हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS