IME Life

२२ बीमा कम्पनीको साधारणसभा बाँकी, कम्पनी रजिष्ट्रार कार्यालयमा कति तिर्नुपर्छ जरिवाना ?

SPIL
NIC ASIA

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका सबै कम्पनीहरुले हरेक बर्षको पुस मसान्तभित्रमा अघिल्लो आर्थिक बर्षको साधारणसभा सम्पन्न गरि सोको विवरण समेत पेश गर्नुपर्छ । तर नेपालमा दर्ता भएका बीमा कम्पनीहरुमध्ये अधिकांशले तोकिएको समयमा साधारणसभा गर्न नसकेको हजारौं रुपैयाँ जरिवाना तिर्दै आएका छन् । नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि हालसम्म २२ वटा कम्पनीले साधारणसभा सम्पन्न गरिसकेका छन् भने अझै १५ वटा बीमा कम्पनीको साधारणसभा बाँकी छ ।

त्यस्तै, बीमा ऐनको दफा २४ मा प्रत्येक आर्थिक बर्ष समाप्त भएको १० महिनाभित्रमा बीमा कम्पनीहरुले लेखापरिक्षण गराई सक्नुपर्ने व्यवस्था छ । नेपालमा संचालित अधिकांश बीमा कम्पनीहरुले दुबै ऐन पालना गर्न सकेका छैनन्। बीमा ऐनमा व्यवस्था भएको बीमांकिय मूल्याकंनका लागि आवश्यक दक्षशक्ति नेपालमा नहुँदा लेखापरिक्षण प्रतिवेदनमै धेरै समय बित्ने गरेको छ ।

Prabhu
Crest

सोहि कारण बीमा कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा हजारौं रुपैयाँ जरिवना तिर्न बाध्य छन् । कम्पनी रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार सन्तोष कुमार दाहालले अधिंकाश बीमा कम्पनीहरुले समयमा लेखापरिक्षण प्रतिवेदन र साधारणसभा गर्न नसक्ने हुँदा जरिवाना तिर्ने गरेको बताए । कम्पनी ऐनमा पुस मसान्तभित्र बार्षिक साधारणसभा गरिसक्नुपर्ने व्यवस्था छ । बीमा कम्पनीहरुले तोकिएको समयमा नै साधारणसभा गर्न नसकेको कारण कम्पनी रष्ट्रिारको कार्यालय अनुसार जरिवानामा पर्ने भएका छन् ।

त्यसो त बीमा कम्पनी मात्र होईन, अन्य कम्पनीहरुले पनि समयमा साधारणसभा नगर्दा बार्षिक लाखौं रुपैयाँ जरिवाना तिर्ने गरेको कम्पनी रजिष्ट्रार कार्यालयको भनाई छ । हाल देशभर करिब २ लाख ५० हजार विभिन्न क्षेत्रका प्रतिष्ठान र कम्पनी संचालनमा रहेको कम्पनी रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार सन्तोष कुमार दाहालले बताए ।

उनले भने ‘धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले समयमै साधारणसभा गर्छन् तर बीमा कम्पनहिरुको हकमा हेर्ने हो भने समयमा भएको देखिदैन ।’ रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार दाहालले यस बिषयमा बीमा समितिले बिशेष ध्यान दिनु जरुरी रहेको बताए । ‘कतिपय बीमा कम्पनीहरुले दुई आर्थिक बर्ष अघिको साधारणसभा समेत गर्न सकेका छैनन् । समितिले यस बिषयमा हेर्नु जरुरी छ’, उप रजिष्ट्रार दाहाल भने ।

हालसम्मको तथ्याङ्क अनुसार जीवन बीमा बीमा कम्पनीहरुमध्ये तीन जीवन बीमा कम्पनी मात्र साधारण सभा गरेका छन् । प्राइम लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफले आर्थिक बर्ष २०७५/७६ को साधारणसभा गरिसकेका छन् भने अन्य सबैकम्पनीहरुको साधारणसभा हुन बाँकि छ । अन्य कम्पनीहरुको बीमांकीय मूल्याङ्कन पश्चात् छिटै हुने पाइपलाइनमा छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको भने २०६८।६९ देखिको साधारणसभा गर्न बाँकी छ ।

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुमध्ये ११ वटा कम्पनीहरुले आर्थिक बर्ष २०७५/७६ को साधारणसभा गरिसकेका छन् । नेपाल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रिमियर इन्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्सले साधारणसभा गरिसकेका छन् भने बाँकि निर्जिवन बीमा कम्पनीहरुले साधारण सभा भईसकेको छैन ।

६ वटा निर्जिवन बीमा कम्पनीहरुको एक आर्थिक बर्षको साधारणसभा बाँकी छ भने राष्ट्रिय बीमा कम्पनीको स्थापना भएदेखि नै साधारणसभा हुन सकेको छैन । राष्ट्रिय बीमा संस्थानबाट २०७१ सालमा छुट्टिएकोले सस्थानंको २०६८।०६९ देखिको बार्षिक साधारणसभा बाँकी रहेकोले पुरानो कम्पनीको साधारणसभा सम्पन्न भई नसकेसम्म राष्ट्रिय बीमा कम्पनीको साधारणसभा रोकिएको हो । नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा एक आर्थिक बर्षको बाँकी छ ।

किन गर्न सक्दैनन् बीमा कम्पनीहरुले समयमै साधारणसभा ?

एक्चुरिअल भ्यालुएशनको लागि भारतिय बींमाकीको भर पनुपर्ने बाध्यता पहिलो कारण हो । स्वदेशमै एक्चुरिअल भ्यालुएशन गर्ने सहज वातावरण नबन्दा सम्म समयमै लेखापरिक्षण प्रतिवेदन र बार्षिक साधारणसभा अपेक्षा गर्न सकिदैन ।

भारतीय एक्चुरीहरूले नेपालका बीमा कम्पनीहरूको कामलाई प्राथमिकताभित्र राखेर काम नगर्दा साधारणसभासँगै अन्य विषयमा समेत समस्या उत्पन्न हुने गरेको बीमा कम्पनीका अधिकारीहरुको अनुभव छ । नेपालभित्र एक्चुरी नभएपछि भारतीय एक्चुरीका भरमा काम गर्नुपर्दा साधारणसभा गर्न ढिलाइ हुने गरेको नेपाल बीमंक संघका सचिव चंकी क्षेत्रीले बताए ।भारतीय बीमा कम्पनीहरूको बीमांकीय काम सकेर मात्र नेपाली कम्पनीको काममा ध्यान दिने गर्दा बीमा कम्पनीहरूले समयमा साधारणसभा समयमा गर्न नसकेको बीमा कम्पनीहरु बताँउछन् ।

बीमा ऐन अनुसार हरेक बीमा कम्पनीले बीमा समितिसँग लिएको लाईसेन्स प्रत्येक वर्ष चैत मसान्तसम्ममा नविकरण गर्नुपर्छ । अघिल्लो वर्षको वासलात पेश नगरेमा, आम्दानीको हिसाब पेश नगरेमा, लेखा परीक्षणको प्रतिवेदन पेश नगरेमा, विमाङ्कीको प्रतिवेदन पेश नगरेमा, आम्दानीको एक प्रतिशत शुल्क नबुझाएमा बीमा समितिले लाइसेन्स नविकरण हुन सक्दैन । बीमांकीय मूल्याङ्कन लगायतका कारणबाट समयमै साधारणसभा नगर्दा अधिकांश बीमा कम्पनीहरुले जरिवाना तिर्न बाध्य छन् ।

कति लाग्छ त जरिवाना ?

कम्पनी ऐनको दफा ५१, ७८, ८० , १२०, १३१ वा १५६ बमोजिम कम्पनीहरुले म्याद भुक्तानी भएको तीन महिनासम्मका लागि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनी भए एक हजार रुपैयाँ, र सो भन्दा बढी चुक्ता पुँजी भएको कम्पनी भए पाँच हजार रुपैयाँ जरिवाना तिनुपर्ने उल्लेख छ ।उक्त व्यवस्था अनुसार राष्ट्रिय बीमा कम्पनीेले सबैभन्दा धेरै जरिवाना तिनुपर्ने छ । साथै हालसम्म साधारणसभा नगरेका कम्पनीहरुले कम्तीमा १५ हजार रुपैयाँ जरिवाना तिनुपर्ने छ ।

अन्य सबै बीमा कम्पनीहरुले कम्पनी ऐन अनुसार ढिला साधारणसभा गरेवापत जरिवाना तिनुपरेपनि सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले भने कुनै जरिवाना तिनु पर्दैन ।

संस्थान कम्पनी ऐन अन्तर्गत दर्ता भएको कम्पनी नभएकोले कम्पनी रजिष्ट्रार कार्यालयको नियम कानुन लाग्दैन । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संस्थापना भएको निकाय भएकाले बीमा समितिको नियमनमा भने बस्नुपर्ने छ । त्यस्तै, नेपालमा दर्ता नभई शाखा कार्यालय मात्रै संचालन गर्ने दि ओरियन्टल, नेशनल इन्स्योरेन्स र मेट लाइफको साधारणसभा गर्नुपर्दैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS