IME Life

चालु खाता घाटामा, शोधान्तर स्थिति बचतमा

SPIL
NIC ASIA

काठमाडौं नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार समिक्षा अवधिमा चालु खाता घाटा ७१ दशमलव २ प्रतिशतले घटी ७१ अर्ब ६४ करोड रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४९ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब २० करोड रुपैयाँ चालु खाता घाटा रहेकोमा समीक्षा अवधिमा ६५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर१३ अर्ब ८८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब८० करोड रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

समीक्षा अवधिमा शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षकोएघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोड रुपैयाँले बचतमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS