IME Life

बैंकमार्फत कर बुझाउदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बैंकमार्फत कर बुझाउदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।

साउन एक गतेदेखि मोबाइल एप्स तथा विद्युतीय माध्यमबाट कर बुझाउन तथा बैंकबाट कर बुझाउदा आय विरवण समेत बुझाउने व्यवस्था गराउन राष्ट्र बैंकले बाणिज्य बैंकलाई निर्देशन दिएको हो ।

Prabhu
Crest

राष्ट्र बैंकलेएक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । आय विवरण तथा कर दाखिला फारम (९डे १ आय विवरण फारम) भराइ सोही बमोजिम गराउन जानकारी गराएको छ । अब साना करदाताले मोवाइल एप्स तथा विद्युती माध्यमबाट कर तथा आय विवरण बुझाउन पाउने भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ को बुँदा नम्बर ३३३ मा साना करदाताले वार्षिक २० लाखसम्मको कारोबार गर्ने आय विवरण र कर मोवाइल एप्समार्फत तथा अन्य विद्युतीय माध्यममार्फत बुझाउन सक्ने र बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउने गरी व्यवस्था मिलाइने भनिएको थियो सोही नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले बाणिज्य बैंकलाई निर्देशन दिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS