आजबाट नयाँ आर्थिक वर्ष २०७७।०७८ सुरु

Citizen Life Insurance Co

काठमाडौं । नेपालमा आजबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । नेपालमा प्रत्येक वर्ष साउनबाट नयाँ आर्थिक वर्ष सुरु हुने पद्धति छ । आज अर्थात साउन १ गतेबाट आर्थिक वर्ष २०७७।०७८ सुरु भएको छ । आजबाट नयाँ बिल बिजक जारी गर्ने तथा सबै कार्यालयमा खर्च हुने बिलहरुको हिसाब किताब छुट्टाएर राख्ने गरिन्छ ।

हिजो अर्थात असार मसान्तमा आर्थिक वर्ष २०७६।०७७ सकिएको छ । सरकारले गत जेठ १५ गते घोषणा गरेको बजेट समेत आजबाट पूर्ण रुपमा लागू भएको छ । यसअघि करका परिवर्तित दरहरु भने जेठ १५बाटै लागू भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार