IME Life

बाढी–पहिरोमा मृत्यु भएका कर्णाली प्रदेश १० परिवारले बीमा दावी रकम पाउने

SPIL
NIC ASIA

काठमाडौं । कर्णाली प्रदेशबासमा बाढीपहिरोका कारण ज्यान गुमाएकाहरुको परिवारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ दावी भुक्तानी पाउने भएका छन् । राष्ट्रिय बीमा कम्पनीमा सामूहिक बीमा गरिए अनुसार सो कम्पनीमा बीमा दावी पर्ने भएको छ ।

गत बिहिबार गएको पहिरोको कारण कर्णाली प्रदेशका चार वटा जिल्लाका दर्जनौं घरहरु बगाउदा एकै दिन १० जनाको मृत्यु र सातजना बेपत्ता भएको थिए । हाल मृतकका परिवारले मात्रै बीमा दावी पाउने सम्भावना छ । बेपत्ता भएको हकमा बीमा दावी भुक्तानी गर्ने कानुनी बाटो स्पष्ट नभएका कारण अलमल हुनसक्ने देखिएको छ ।

Prabhu
Crest

कर्णाली प्रदेश सरकारले सो प्रदेशभित्रका साढे १७ जना जनताको मृत्युबीमा गराएको छ । बीमा दाबी वापतको मृत्यू भएमा सम्बन्धित व्यक्ति तथा उसको परिवारले एक लाख रुपैयाँर बीमा दावी भुक्तानी पाउने व्यवस्था छ ।

प्रदेश सरकारले गत आर्थिक बर्षमा गरेको “विपद् जोखिम सामुहिक दुर्घटना बीमा“मार्फत सबै प्रदेशबासीको बीमा कार्यक्रम अन्तर्गत मृतकका परिवारहरुले क्षतिपूर्ती पाउने छन् । कर्णालीप्रदेश सरकारले अझै एकिन तथ्याङ्क नआएको कारण हाललाई नै एकिनका साथ कति क्षति भयो भनेर भन्न नसक्ने जनाएको छ । क्षतिको एकिन पश्चात् बीमादाबीको कार्य अघि बढ्ने कर्णाली प्रदेश सरकारले जनाएको छ ।

कर्णालीप्रदेश सरकारले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमार्फत सामुहिक दूर्घटना बीमा गराएको थियो । कर्णालीप्रदेश सरकारले आर्थिक बर्ष २०७६/७७को बजेटमा ‘भौगोलिक जटिलता र विपदबाट हुने दुर्घटनाका कारण मृत्यू भएमा प्रतिव्यक्ति दुई लाख प्राप्त गर्ने गरी प्राकृतिक जोखिम विरुद्ध सामुहिक दुर्घटना बीमा कार्यक्रमबाट सम्पूर्ण कर्णालीबासीको बीमा गरिने प्रदेश सरकारले बजेटमा व्यवस्था गरेको थियो । यद्यपि घरहरुको विवरण संकलन गर्नै नसकेका कारण घरहरुको बीमा भने हुन सकेको छैन ।

राष्ट्रिय बीमा कम्पनीका डिल्ली राज अर्यालले क्षतीको मूल्याङ्कन नभएसम्म बीमादाबी भुक्तानी नहुने हुँदा, क्षतीको एकिन मूल्याङ्कन भए पश्चात् बीमा दाबी भुक्तानीको कार्य अघि बढ्ने बताए । बाढीपहिरो पीडितलाई तत्काल राहत दिने उद्देश्यले कर्णाली प्रदेश सरकारसँग पनि कुराकानी अघि बढाईरहेको उनले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS