IME Life

साधना लघुवित्तको आइपीओ आज बाँडफाँड हुने, यसरी हेर्नुहोस आइपीओ नतिजा

SPIL
NIC ASIA

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर आज साँझ ५ बजे बाँड्फाँड हुने भएको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। क्यापिटलकाअनुसार आफ्नै कार्यालय जमल काठमाडौंमा साँझ ५ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ।

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

Prabhu
Crest

आईपिओमा ४ लाख ५८ हजार ६ सय ४३ जनाले १ करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता लागि आवेदन दिएका छन्। जस मध्ये १० हजार ३१ जनाको आवेदन रद्द भएको छ । कम्पनीको आईपिओ गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउने भएकोले आवेदन दिएका मध्ये ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुने छन् ।

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ । आइपीओ बाँडफाँड पश्चात नतिजा इन्स्योरेन्स खबर डटकमबाट पनि हेर्न सकिनेछ । यो लिंकमा क्लिक  गर्नुहोस्  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS