IME Life

बैंक–बीमा कम्पनीमा बोर्डको हस्तक्षेप बढ्यो, सिईओहरु भटाभट राजिनामा दिँदै

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकका सिईओ कृष्णराज लामिछानेले यही असार २४ गते राजिनामा दिएको घोषणा गरे । असार २५ गते ग्लोबल आईएमई बैंकका सिईओ परशुराम कुँवर क्षेत्रीले भावुक स्टाटस् लेख्दै साउन १ गतेदेखि लागू हुने गरी राजिनामा स्वीकृति भएको सार्वजनिक गरे । असार २३ गते आईएमई लाईफका सिईओ श्रीचन्द्र भट्टको राजिनामा स्वीकृत भयो ।

असारको तेस्रो सातापछि श्रंखलाबद्ध रुपमा बैंक तथा बीमा कम्पनीका सिईओहरुले राजिनामा दिनुको पछाडिको मुख्य कारण हो– सञ्चालक समितिले व्यवस्थापनलाई अनावश्यक दवाव दिनु । महालक्ष्मी विकास बैंकका सिईओ लामिछानेले सञ्चालक समितिको चर्को दवाव थेग्न नसकेपछि राजिनामा दिएको उनी निकटस्रोतको भनाई छ । त्यस्तै हिजो राजिनामा स्वीकृत भएको घोषणा गरेको ग्लोबल आईएमई बैंकका सिईओ परशुराम क्षेत्रीको स्टाटस हेर्दा सञ्चालक समितिले दवाव मात्रै नभएर इमान्दार, आदर्शवान र नैतिकवान व्यक्तिलाई सिईओको जागिर दिएको नाममा अनैतिक कार्य गराउन लगाएको पुष्टि हुन आउँछ । उनको भावुक स्टाटसमा आगामी जेठ मसान्तसम्म समयवधी भएपनि छोड्नु पर्दा पीडा महसुस भएको उल्लेख गरेका छन् । सिईओ कुँवरको स्टाटसमा नेपाली बैंकका सञ्चालकहरुको अनुहार झल्किन्छ ।

Prabhu
Crest

व्यवस्थापनमाथि सञ्चालकहरुले दवाव दिने परम्परा नेपालको बैंक तथा बीमा क्षेत्रको पुरानै रोग हो । सञ्चालक समितिकै हस्तक्षेपका कारण विगतमा धेरै बैंक तथा वित्तीय संस्थाहरुले अप्ठेरो अवस्थाको सामना गरिसकेका छन् । कुनै जमानामा राम्रो चलेका एनसीसी बैंक र नेपाल बंगलादेश बैंकलाई सञ्चालकहरुले दोहन गरेकै कारण अहिलेसम्म राम्रोसँग उठ्न सकेका छैनन् । त्यस्तै सिभिल बैंक पनि सञ्चालकहरुको दोहनमा परेको अर्को बैंक हो । घरेलु विकास बैंकका सिताराम प्रसाईलाई बैंक दोहन गरेको अभियोगमा खुलामञ्चमा पुर्याएर जुत्ताको माला लगाइएको इतिहास पनि नभएको होइन । तथापि बैंकका सञ्चाकहरुको दवाव अझै नरोकिएको असारको अन्तिम साता घटेको घटनाक्रमहरुले देखाएकोे छ ।

भ्रष्ट चरित्र भएका, व्यक्तिगत, समुहगत लाभ हेर्ने केही खराब व्यक्तिहरुका कारण सिंगो बैंक तथा बीमा क्षेत्र बद्नाम बन्ने खतरा बढेको छ । व्यक्तिगत लाभका लागि बैंकको निक्षेप दुरुपयोग गर्ने र त्यसको अपजस व्यवस्थापन माथि पर्ने हुँदा समय समयमा बैंकहरुमा सञ्चालक र व्यवस्थापनबीच झगडा पर्ने गर्दछ । भुक्तभोगीहरुका अनुसार सञ्चालकहरुले सिईओहरुलाई हुँदै नहुने, दिनै नहुने ठाउँमा अनैतिक तरिकाले ऋण प्रवाह गर्न दवाव दिने गर्दछन् । त्यस्तै, आफूले कमिशन खाएर विभिन्न लिलामहरुमा सेटिङ गर्ने, खरिदमा मिलाउने इत्यादि अनैतिक काममा दवाव दिने गर्दछन् । कतै कतै सञ्चालकहरुले मुनाफा बृद्धि गर्न दवाव दिने गर्दछन् । केही करोड लगानी गरी अध्यक्ष, सञ्चालक बनेकाहरु पुरै बैंक नै आफ्नै हो भन्ने शैलीमा प्रस्तुत हुँदा सिईओहरुले अपमान महसुस गर्दै जागिर छोडेको समेत इतिहासहरु छ ।

मुलुकको अर्थतन्त्र कोरोना महामारीका कारण थिलो-थिलो भएको अवस्थामा मुनाफाको लागि सञ्चालक समितिले व्यवस्थापनमा चर्को दवाव सिर्जना गर्ने काम सबै बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा सिर्जना गरिएको छ । कोरोना महामारीको समयमा मानवीयताका आधारमा र सरकारी उदारताका कारण बैंक तथा वित्तीय संस्थाहरुले यस पटक चाहेर पनि धेरै मुनाफा खुवाउन सक्ने अवस्था छैन । तर, व्यवस्थापन पक्ष जसरी पनि मुनाफा खोज्ने गरेका कारण वैचारिक रुपमा समेत व्यवस्थापन पक्ष र सञ्चालक समितिबीच मतभेद हुने देखिन्छ । बैंक, वित्तीय संस्थाहरु सार्वजनिक निकाय भएको र सर्वसाधारणले जम्मा गरेको निक्षेपको योगदान भुलेर कारण उनीहरुको लगानीले मात्रै मुनाफा आर्जन गरेको भन्ने दम्भ पाल्नु र मुनाफाकै लागि मात्रै दवाव दिनु कति उचित हुन्छ समीक्षा गर्ने बेला भएन र ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS