IME Life

अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ निष्काशन विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्सले आजबाट सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणलाई २७ लाख ३० हजार कित्ता जारी गर्न लागेको जनाएको छ ।

उक्त कम्पनीको आईपीओ खरीद गर्न चाहनेले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ असार २५ गते देखि असार २९ गते सम्म खुल्ने छ । असार २९ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असार २९ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा श्रावण ८ गते सम्म समय थपिने छ । कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।


उक्त आइपीओलाई केयर नेपाल लिमिटेडले ग्रेड ४ रेटिङ दिएको छ । यस आइपीओमा अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालय सुन्धारा र सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को तेश्रो त्रैमाससम्म ३ करोड ५१ लाख खुद नाफा गर्न सफल भएको छ। आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS