नेशनल माइक्रोफाइनान्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

Citizen Life Insurance Co

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । संस्थाले गत मंसिर २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।

२०७६ मंसिर १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ भने त्यो मिति पश्चत शेयर अभौतिकीकरण गराएका शेयरधनीका हकमा पनि क्रमश बोनस शेयर जम्मा हुने संस्थाले जानकारी गराएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा हुने समेत संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार