IME Life

११ महिनामा २० निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन २२ अर्ब ३७ करोड रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा २२ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा दुई अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा एक अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा एक अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ७५ करोड रुपैयाँ, एनलजी इन्स्योरेन्सले १ अर्ब ५१करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स एक अर्ब ४५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Prabhu
Crest

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९८ करोड रुपैयाँ, , पु्रडेन्सियल इन्स्योरेन्सले ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै, ओरियन्टल इन्स्योरेन्स कम्पनीले ९० करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८३ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ७२ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ७० करोड रुपैयाँ, , युनाइटेड इन्स्योरेन्सले ५८ करोड रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ४७ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS