IME Life
Beema Board

आरम्भ चौतारी लघुवित्तले असार २२ गतेबाट कारोबार शुरु गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले असार २२ गतेबाट कारोबार शुरु गर्ने भएको छ । आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर बनेको आरम्भ चौतारी लघुवित्तीय संस्थाले असार २२ गतेबाट एकिकृत कारोबार थाल्ने भएको हो ।

गत पुस ९ गते एकैदिन सम्पन्न दुवै कम्पनीको साधारण सभाले मर्जर प्रस्ताव पारित गराएका थिए। बुटवललाई केन्द्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको चौतारी र बनेपालाई केन्द्र बनाएर वित्तीय कारोवार गर्दै आएको आरम्भ १ बराबर १ शेयर श्वाप रेशियोमा मर्ज भएका हुन्।

Prabhu
Crest

नेपाल स्टक एक्सचेञ्जमा आरम्भको कूल ६ लाख ४४ हजार २८० कित्ता शेयर सूचीकृत छ । यस्तै चौतारी लघुवित्तको कूल १९ लाख ९० हजार २०० कित्ता शेयर सूचीकृत छ ।

मर्ज भएपछि कम्पनीको चुक्ता पूँजी २६ करोड ३४ लाख नाघेको छ। एकिकृत लघुवित्तको शेयर स्वामित्व संस्थापकको ६३ दशमलव ६६ र सर्वसाधारणको ३६ दशमलव ३४ प्रतिशत कायम भएको छ । साथै संस्थाले कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरमा जाने भएको छ । एकिकृत संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा रहने छ।

नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS