IME Life
Beema Board

निर्जिवन बीमा कम्पनीहरुको पुनर्बीमा कमिशन आम्दानी साढे दुई अर्बमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाल संचालनमा रहेका २० वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा पुनर्बीमा कमीशन आयबाट २ अर्ब ५७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको सोहि अवधिमा २ अर्ब २६ करोड रुपैयाँ पुनर्बीमा कमीशन आय गरेका थिए । गत बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको पुनर्बीमा कमिशन आय बढेको हो ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै पुनर्बीमा कमिशन आय गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले समिक्षा अवधिमा ३६ करोड ६३ लाख रुपैयाँ पुनर्बीमा कमिशन आय गरेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले २८ करोड २४ लाख रुपैयाँ पुनर्बीमा कमिशन आम्दानी गरेको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरन्स कम्पनीले चैत मसान्तसम्ममा २५ करोड ६१ लाख रुपैयाँ पुनर्बीमा कमीशन आय गरेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले २१ करोड ११ लाख रुपैयाँ पुनर्बीमा कमीशन आम्दानी गरेको थियो ।

Prabhu
Crest

सगरमाथा इन्स्योरेन्स कम्पनीले २३ करोड २ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १९ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले १८ करोड रुपैयाँ पुनर्बीमा कमीशनमार्फत आय गरेका छन् ।

करोडमा पुनर्बीमा कमीशन आर्जन गर्न कम्पनीहरु

त्यस्तै, अजोड इन्स्योरेन्सले ९ करोड ४ रुपैयाँ, हिमालयन जनरलले ७ करोड ४४ लाख रुपैयाँ, युनाइटेडले ६ करोड ६० लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ५ करोड ८७ लाख रुपैयाँ, सानिमा जनरलले ४ करोड ८३ लाख रुपैयाँ र नेशनलले १ करोड ४४ लाख रुपैयाँ पुनर्बीमा कमीशा आम्दानी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS