IME Life
Beema Board

यस्तो थियो ५ वर्ष अघि बीमा कम्पनीहरुको चुक्ता पुँजी ?

SPIL
NIC ASIA

काठमाडौं । नयाँ निर्देशन अनुसार बीमा समितीले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब चुक्ता पुँजीको लक्ष्य दिएको र निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्बको लक्ष्य दिएकोमा केही थोरै पुराना बीमा कम्पनीहरु बाहेक सबैले सो लक्ष्य हासिल गरेका छन् ।  नयाँ बीमा कम्पनीहरु भने निकट भविष्यमा आईपीओ मार्फत पुँजी संकलन गरी सो लक्ष्य हासिल गर्ने छन् । समय क्रमसँगै बीमा कम्पनीहरुको व्यवसाय वृद्धि सँगै चुक्ता पुँजी पनि वृद्धि हुँदै जानु स्वाभाविक रहेको छ।

आज भन्दा ५ वर्ष अघि बीमा कम्पनीहरुको चुक्ता पुँजीलाई आधार मान्दा जीवन बीमा तर्फ नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी सर्वाधिक १ अर्ब ७३ करोड थियो भने निर्जीवन बीमा कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्सको चुक्ता पुँजी ३५ करोड ७७ लाख रुपैयाँ थियो।

Prabhu
Crest

५ वर्ष अघि जीवन बीमा तर्फ प्राईम लाईफको चुक्ता पुँजी  सर्वाधिक थोरै ४८ करोड ८२ लाख थियो भने युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी १० करोड मात्र थियो।

आर्थिक वर्ष ७१/७२ सम्म १७ वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा थिए भने ९ वटा जीवन बीमा कम्पनीहरु संचालनमा थिए। मेट लाईफ , दि ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र रास्ट्रिय बीमा सस्थानलाई छाडेर हेर्दा जीवन बीमा कम्पनीहरुको औसत चुक्ता पुँजी ८२ करोड ४० लाख थियो भने निर्जीवन बीमा कम्पनीहरुको औसत चुक्ता पुँजी २४ करोड ८८ लाख थियो ।

 

नोट : एनबी इन्स्योरेन्स अहिले आईएमई जनरल इन्स्योरेन्स 

तथ्याङ्क श्रोत : बीमा समितिको वार्षिक प्रतिवेदन र कम्पनीहरुको आर्थिक वर्ष ७१/७२ को वार्षिक प्रतिवेदन  

नोट : मेट लाईफ , दि ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स विदेशी कम्पनीको शाखाको रुपमा संचालन भएकाले उनीहरुको चुक्ता पुँजी उपलब्ध नभएको र रास्ट्रिय बीमा कम्पनीको पनि उपलब्ध नभएको 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS