IME Life
Beema Board

मोटर बीमा शुल्कमा १५ प्रतिशत राहत पाइने, यस्तो छ, लेअप समयको हिसाब-किताब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना महामारीमा बीमा समितिले राहत दिन निर्देशन दिएको मोटर बीमाको लेअप समय हिजो जेठ ३२ गते रातिदेखि समाप्त भएको छ । अब आजदेखि मोटर बीमा शुल्क पुरै शुल्क गणना हुनेछ । हिजोसम्मको कूल ८३ दिन अवधीमा मोटरधनीले १५.१६ प्रतिशत बीमा शुल्कमा राहत पाउने भएका छन् ।

यसअघि गत जेठ ६ गते बीमा समितिले दिएको निर्देशन अनुसार २०७६ चैत्र ११ गतेदेखि सवारी साधन नचलेको अवस्था (जेठ ३२) गतेसम्मको समयलाई ग्यारेजमा थन्किएको मानी सो अवधीको दुई तिहाई बीमा शुल्क छुट दिने र एक तिहाई बीमा शुल्क ग्यारेजभित्रै हुने जोखिम बहन गर्न प्रयोग गर्ने निर्णय गरेको थियो ।

Prabhu
Crest

सो निर्णय बमोजिम कूल ८३ दिन सवारी साधन ग्यारेजमा थन्किएको मानिने भएको छ । यस आधारमा एक वर्षको अवधीको लागि गरिने मोटर बीमाको कूल बीमा शुल्कको २२.७४ प्रतिशत बीमा शुल्क कोरोना महामारीको छुटको दायराभित्र परेको छ । जेठ ६ गते बीमा समितिले दिएको निर्देशन अनुसार कूल एक वर्षलाई ३६५ दिन मानेर ८३ दिनको हिसाब गर्दा २२.७४ प्रतिशत समय लेअपमा परेको हो ।

सोही आधारमा गणना गर्दा कूल बीमा शुल्कको १५.१६ प्रतिशत बीमा शुल्क सवारी धनीले आगामी नविकरण गर्दा छुट पाउने देखिएको छ । यद्यपि सो सम्बन्धमा नेपाल बीमक संघको भोलि बैठक राखेर प्रतिशत र दररेट हिसाब किताब हुनेछ । बीमक संघले सबै कम्पनीले मोटरबीमाको लेअप समय एकरुपका साथ गणना गर्न भोलि बैठक राखेर छलफल गर्न लागिएको संघका एक अधिकारीले बताए ।

यस आधारमा ५० हजार बीमा शुल्क तिर्नुपर्ने सवारी साधनले आगामी वर्ष नविकरण गर्दा करिब ४३५०० रुपैयाँ मात्रै तिरे पुग्नेछ । उल्लेखित रकममा दोस्रो पटक बीमा नविकरण गर्दा पाइने नोक्लेम डिस्काउन्ट घटाइएको छैन । सो समेत घटाउँदा अझै घट्नेछ । नोक्लेम छुटको लागि भने आगामी १५ दिनभित्रैमा मोटर बीमा गरिसक्नुपर्नेछ । बीमा समितिले बैशाख ८ गते दिएको निर्देशन अनुसार लकडाउन अवधी समाप्त भएको मितिले १५ दिनभित्रमा नोक्लेम डिस्काउन्ट दिन निर्देशन दिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS