IME Life
Beema Board

नारायणी हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आइएमई जनरलद्धारा १ लाख बीमा दावी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले कोरोना बीमा गरेका बीमितलाई बीमा दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले दाबी रकमको  चेक  नारायणी हस्पिटलको खातामा जम्मा गरिएको जनाएको छ ।

इन्स्योरेन्सले नारायणी हस्पिटल चितवनमा कार्यरत  स्वास्थ्यकर्मीमा  कोरोना संक्रमण पुष्टि भएपछि बीमाबापतको एक लाख रुपैयाँ दाबी भुक्तानी बीमित नारायणी हस्पिटलको  खातामा जम्मा गरेको हो । कोरोना बीमा गरेकाहरुले १५ दिनपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा बीमा दाबी भुक्तानी गर्न पाउँने व्यवस्था रहेको छ । सोहीअनुसार उक्त बीमा दाबी भुक्तानी गरिएको आइएमई जनरल इन्स्योरेन्सका  डेपुटी सिइओ  शरण रेग्मीले इन्स्योरेन्स खबरलाइ बताए।

Prabhu
Crest

प्रति व्यक्ति एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था छ । समूहमा गर्दा एक लाखकाे बीमा प्रति व्यक्ति ६ सय रूपैयाँ र ५० हजारकाे बीमा गर्दा प्रति व्यक्ति ३ सय रूपैयाँमा काेराना बीमा हुन्छ । पछिल्लो समयमा सरकारले समेत ५० प्रतिशत अनुदान दिने घोषणा गरे पछि कोरोना बीमालेखमा सबैको चासो बढेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS