IME Life
Beema Board

निर्जिवन बीमा कम्पनीहरु दावी भुक्तानी फर्स्योटमा केन्द्रित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष १२ औं महिनामा प्रवेश गर्दै गर्दा निर्जिवन बीमा कम्पनीहरु भने दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउन थालेका छन् । नेपालमा सञ्चालित १८ वटा र दुई विदेशी बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय समेतले दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

युनाईटेड इन्स्योरेन्सका डेपुटी सिईओ रमेश कुमार भट्टराई आर्थिक वर्षको अन्त्यमा दावी भुक्तानी फर्सोटमा र बीमा नविकरणको चाप हुनु स्वाभाविक भएको बताउँछन् । उनले भने, ‘आर्थिक वर्षकाे अन्त्यमा बाँकी रहेको दावी भुक्तानीको १५ प्रतिशत प्रोभिजन गर्नुपर्ने हुँदा मुनाफामा प्रत्यक्ष असर पर्ने कारणले दावी भुक्तानीलाई प्राथमिकतामा राख्नु अन्यथा होइन ।’ डेपुटी सिईओ भट्टराई बीमितलाई समेत राहत दिऊ भन्ने उद्देश्यले बीमा कम्पनीहरुले काम गरिरहेका बताउँछन् ।

Prabhu
Crest

नेपाल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक बिक्रान्तले पाण्डे भन्छन्, ‘दावी भुक्तानी बाँकी राख्दा बीमा कम्पनी, सर्भेयर, बीमित कसैलाई पनि लाभ हुँदैन । यतिबेला दावी रासफास गरौं भनेर सबै कम्पनीहरु लागेका छन् ।’ आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा कोरोनाको कारण बाँकी रहेका दावी भुक्तानीको बीमा कम्पनीहरुमा चाप बढेको देखिएको छ । केही दिनदेखि लकडाउन आंशिक रुपमा सहज भएपछि बीमा कम्पनीहरु तीव्र गतिमा काममा दौडिन थालेका छन् ।

आर्थिक वर्षको अन्त्यमा हुने विभिन्न बीमा पोलिसीहरु नविकरण समेतको दवाव हुने हुँदा यतिबेला बीमा कम्पनीहरुका लागि किसानलाई असार झै हुन पुगेको एक बीमा कम्पनीका अधिकारीले बताए । ति अधिकारीले भने ‘नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा सम्पत्ति बीमा नविकरण तथा फस्र्यौटलाई बराबर प्राथमिकतामा राखेर काम गर्नुपर्दा भ्याई नभ्याई नै छ ।’ कम्पनीलाई फाइदा र बीमितलाई समेत राहत हुने हुँदा आर्थिक वर्षको अन्त्यमा बीमा कम्पनीहरु दावी भुक्तानी फर्स्योट उच्च प्राथमिकतामा परेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS