IME Life
Beema Board

कोरोना बीमा गर्नेको संख्या चार लाख १७ हजार पुग्यो, २२ करोड ९२ लाख बीमा शुल्क संकलन

SPIL
NIC ASIA

काठमाडौं । कोरोना बीमा गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार बुधबारसम्ममा चार लाख १७ हजार ९५८ जनाले कोरोना बीमा गराएका छन् । यस अवधीमा २२ करोड ९२ लाख ६६ हजार ६६९ रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । गत साता कोरोना बीमा गराउनेको संख्या तीन लाख हाराहारी मात्रै थियो ।

हालसम्म ३७ हजार ५८ वटा पोलिसी बिक्री गरी सो संख्यामा मानिसहरुले कोरोना बीमा गराएका हुन् । कोरोना बीमा सामूहिक रुपमा गर्नेहरु बढेको देखिएको छ ।

Prabhu
Crest

गत साता कोरोना बीमा स्थगित हुनु अघिल्लो दिनसम्म तीन लाख हाराहारी रहेको संख्या कोरोना बीमा पुनः सुरु भएसँगै करिब एक लाख जनाले कोरोनाको जोखिम बीमा पुलमा हस्तान्तरण गरेका छन् । कोरोना बीमा, बीमा समितिको पहलमा महामारीको समयमा जनतालाई राहत दिन ल्याइएको बीमा योजना हो ।

यस योजना अन्तर्गत सामूहिक रुपमा ६०० र ३०० रुपैयाँ शुल्क तिरेर क्रमशः एक लाख रुपैयाँ र ५० हजार रुपैयाँको बीमा सुविधा पाइन्छ । कोरोना बीमा कोभिड–१९ भाइरस पिसिआर टेष्टमा पुष्टि हुने वित्तिकै दावी भुक्तानी पाइने बीमा सेवा हो । बीमा समितिले गत साताको बिहिवार स्थगित शुक्रबार पुनः सुचारु गर्दा अब नयाँ जारी हुने बीमा २०७७ साल चैत्र मसान्तसम्म मात्रै जोखिम रक्षावरण गर्ने व्यवस्था गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS