IME Life
Beema Board

रत्ननगर नगरपालीकाद्धारा मृतक परिवारलाइ दश लाख रुपैयाँको चेक हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  रत्ननगर जंगली हात्तिको आक्रमणमा परी मृत्यु भएका रत्ननगर नगरपालीका ७ बद्रहानीका मृतकको परिवारलाई पुर्वि चितवनको रत्ननगर नगरपालीकाले दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । गत फाल्गुनमा चितवन राष्टिय निकुञ्ज अन्र्तगत खोरसोर बनमा बस्तु चराउन गएका स्थानीय मान बहादुर तामागंको जंगली हात्तिको आक्रमणमा परी मृत्यु भएको थियो ।

मृत्यु भएका तामागंको परिवारलाई नगरपालीकाका प्रमुख मेयर नारायण वनले एक कार्यक्रमका बीच शिखर इन्स्योरेन्स मार्फत जंगली बन्यजन्तु क्षति बीमा योजना अन्तर्गत  प्राप्त दश लाख रुपैयाँको चेक मेयर वनले मृतककी पत्नीलाई हस्तान्तरण गरेका हुन्   । शिखर इन्स्योरेन्सका भरतपुर शाखा प्रमुख चन्द्रमणी शर्माबाट चेक ग्रहण गर्दै उनले उक्त चेक मृतककी पत्नी आइती तामागंलाई हस्तान्तरण गरेका हुन्  ।

Prabhu
Crest

चेक हस्तान्तरण गर्दै नगरपालीकाका मेयर वनले बीमाबाट प्राप्त रकमले मृतकको परिवारलाई थोरै भएपनि राहत प्राप्त हुनेमा आशा व्यक्त गरे  । उनले यस बर्ष नगरले डव्लुडव्लुएफ परियोजनाको हरियो बन कार्यक्रम अन्र्तगत बाघमारा र मृगकुञ्ज सामुदायीक बन आसपासमा बसोबास गर्ने स्थानीयहरुको बन्यजन्तु क्षती बीमा गरिएको उल्लेख गर्दै बन्दाबन्दी खुले पछि चितवन राष्टिय निकुञ्जको अन्य मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरीकहरुको पनि बन्यजन्तु क्षती बीमाको लागी पहल गर्ने योजना रहेको उल्लेख गरे ।

बाघमारा मध्यवर्ती सामुदायीक बन उपभोक्ता समितीका अध्यक्ष जीत बहादुर तामागंको अध्यक्षतामा भएको चेक हस्तान्तरण कार्यक्रममा मृगकुञ्ज सामुदायीक बन उपभोत्ता समितीका निर्वतमान अध्यक्ष बासुदेव ढुगांना , रत्ननगर नगरपालीका वडा नम्बर ७ का वडा सदस्य तथा मृतक मान बहादुर तामागंका छोरा सोम बहादुर तामागं, चितवन राष्टिय निकुञ्ज सौराहा सेक्टरका सहायक संरक्षण अधिकृत गोपाल बहादुर घिमिरे लगायतले बोलेका थिए ।

डव्लुडव्लुएफ परियोजनाको हरियो बन कार्यक्रम अन्र्तगत,अर्थ इन्ष्टिच्युट को पहलमा रत्ननगर नगरपालीका र बाघमारा मध्यवर्ती सामुदायीक बन तथा उपभोत्ता समितीको सहयोगमा नगरपालीकाले चितवन राष्टिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्र्तगत बाघमारा मध्यवर्ती सामुदायीक बन तथा उपभोत्तन समुह तथा मृग कुञ्ज उपभोक्ता समिती आसपासका क्षेत्रमा बसोबास गर्नेहरुको बन्यजन्तु क्षति बीमा अन्तर्गत  शिखर इन्स्योरेन्सबाट बीमा गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS