IME Life

‘बीमित र बीमक दुवै प्रति बीमा समितिको समान दायित्व छ’

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले नियमनकारी निकाय हुनुको बीमित र बीमक दुवैप्रति समान दायित्व रहेको बताएका छन् । इन्स्योरेन्स इन्स्टीच्युट नेपालले सोमबार आयोजना गरेको एक अन्तर्राष्ट्रियस्तरको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चपागाँईले भने, ‘हो, हामी बीमा क्षेत्रको नियामक निकाय हुनुको नाताले उपभोक्ता (बीमित) को चाहनाको सरंक्षण र बीमकप्रति विशाल दायित्व छ ।’

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको प्रमुख आतिथ्यमा भारतीय बीमा इन्स्टीच्यूटका महासचिव बिज्ञ तथा सिंगापुरका पुनर्बीमा बिज्ञ सहभागी गराएर कोरोना भाइरसका कारण उपत्पन्न परिस्थिति र बीमा क्षेत्रमा पार्ने प्रभाव सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

Prabhu
Crest

डिजिटल माध्यमबाट वेभनारको सामूहिक छलफल गर्ने प्लेटफर्ममा आयोजित छलफल कार्यक्रमका बीमा समितिका अध्यक्ष चापागाँईले नेपालमा सुरु गरिएको कोरोना बीमा सम्बन्धीमा चर्चा गरेका थिए भने कोरोना अवधीमा सवारी साधन बीमामा छुट दिइएको बताए । त्यस्तै जीवन बीमाको शुल्क भुक्तानीको समयावधी समेत लकडाउन अवधीभरका लागि थप गरिएको बताए । अध्यक्ष चापागाँईले नेपाल सरकारले कोरोना बीमालाई उच्च प्राथमिकता राखेर बजेट ल्याएको समेत बताए । उनले महामारीका कारण घोषणा गरिएको लकडाउनले सिंगो नेपाली अर्थतन्त्र प्रभावित हुँदा नेपाली बीमा क्षेत्रका कोरोनाको कारण प्रत्यक्ष प्रभावित भएको बताए । नेपाल सरकारले सबै कर्मचारीको अनिवार्य बीमा गर्ने घोषणा गरेको तथा कोरोना बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिएर बीमा क्षेत्रलाई थप सजिलो बनाएको बताए । साथै अध्यक्ष चापागाईले अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै नेपाली बीमा क्षेत्रलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

इन्स्योरेन्स इन्स्टीच्यूट अफ इण्डियाका महासचिव दीपक गडवालेले भारतीय बीमा कम्पनीहरु कोरोना भाइरसको कारण गम्भिर अवस्थामा पुगेको बताउँदै भारतमा बीमा शुल्क बुझाउने समयावधी थप गरेर बीमितलाई राहत दिइएको बताए । आईआईआईका महासचिव गडवालेले भारतमा सामाजिक दुरीका कारण बीमा व्यवसायको लागि धेरै नै कठिन भइरहेको बताउँदै पुनर्बीमा कम्पनीहरुले पनि पर्याप्त अवसरहरु दिइएको बताए । कार्यक्रममा संक्षिप्त कार्यक्रम प्रस्तुत गर्दै महासचिव गडवालेले भारतीय बीमा क्षेत्र सकारात्मक  रुपमा अघि बढिरहेको बताए ।

भारतमा मोटरबीमा २० मिनेटभित्रै दावी भुक्तानी गर्न सुरु गरिएको बताए । भारतीय बीमा कम्पनीहरु डिजिटल्ली मात्रै नभएर आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट समेत काम गरिएको बताए । भारतमा गरिएको एक सर्भेलाई उध्रित गर्दै आगामी दिनमा बीमा कम्पनीहरुको कारोबार अनलाईनमार्फत हुने बताए । उनले भारतीय बीमा कम्पनीका पुँजिमा समेत दवाव परेको बताउँदै विश्वकै आर्थिक अवस्था कमजोर बन्दै जाँदा व्यवसायमा जोखिम भने बढेको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले बीमितलाई कुनै पनि माध्यमबाट सूचना दिएकै आधारमा बीमा नविकरण गर्ने व्यवस्था गर्न सकिने सुविधा दिइएको बताए । बीमा व्यवसायलाई सरकारले अत्यावश्यक सेवा अन्तर्गत राखेर पासहरु उपलब्ध गराएकोले बीमा कम्पनीहरुले लकडाउनकै बीमामा पनि नविकरण लगायतका कामहरु भइरहेको बताए । उनले चालु आर्थिक वर्षको समयावधी सकिन लागेकोले यस वर्ष ठूलो असर नपर्ने बताउँदै तेस्रो त्रैमासिक वित्तीय विवरणसम्म राम्रै रहेको बताए ।

कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले कोरोना बीमाको कारण आगामी आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुमाथि ठूलो भार पर्नसक्ने बताए । उनले नेपाली जीवन बीमा कम्पनीहरुले बचतमुखी बीमा पोलिसी बिक्री गरिरहेको बताउँदै लकडाउनपछि जीवन बीमा कम्पनीहरुको अवस्था स्थिर रहेको बताए । जीवन बीमा कम्पनी अभिकर्तामुखी बताउँदै कोरोना महामारीका कारण अभिकर्ताहरु घरबाट बाहिर निस्कन नसकेको तथा सामाजिक दुरीका कारण जीवन बीमा कम्पनीका अभिकर्ताहरु, बीमितबीच सम्पर्क कायम भई बीमा व्यवसाय गर्न नसकेको बताए । उनले भने, ‘यो अत्यन्तै पीडादायी अवस्था छ, अभिकर्ताहरुको लागि सेवाग्राहीमाँझ पुग्न निकै कठिन भइरहेको छ । यसले सिंगो व्यवसाय प्रभावित छ ।’

रि कन्सल्टेन्ट, सिंगापुरका प्रबन्ध निर्देशक एन्ड्रयु ह्यारिसले कोरोना भाइरसको कारण सिंगापुरका बीमा कम्पनीहरु प्रभावित भएको बताए । उनले सिंगापुरमा अनलाईनबाट बीमा पोलिसी बिक्री गर्ने कार्य सफल भएको र अहिले अधिकांश बीमा कम्पनीहरुले अनलाईनबाटै काम गरिरहेको बताए । बीमा कम्पनीहरुले सामाजिक सञ्जालमार्फत बीमितहरुसँग अन्तरक्रिया गर्ने गरेको बताउँदै उनले दावी भुक्तानी भने पूर्ण रुपमा अनलाईनबाट हुन नसकेको बताए ।

कोरोना महामारीले विश्व बीमा महाविपत्ति नै ल्याएको भएपनि दक्षिण पूर्वी एसियामा त्यस्तो नपाइएको उनले बताए । उनले अमेरिका र युरोपका बीमा कम्पनीहरुले ठूलो क्षति व्यहोरेको बताए । उनले भने, विश्व बीमा व्यवसायले १०० बिलियन अमेरिकी डलर बराबरको क्षति व्यहोनुपर्ने देखिन्छ ।’ उनले कोरोना महामारीले बीमा दावी भुक्तानीका कारण विश्वभरकै बीमा क्षेत्र डरलाग्दो हुनसक्ने चेतावनी समेत दिए । पुनर्बीमा कम्पनीहरुले डब्लुएचओले भन्दै आएको कोरोना महामारीको दोस्रो तरंगप्रति सचेत रहेको बताए ।
कार्यक्रममा नेपाल इन्स्योरेन्स इन्स्टीच्यूटका अध्यक्ष तथा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना भाइरसको महामारीले बीमा क्षेत्रमा पीडादायी असर पर्ने बताए । कोरोना महामारीका कारण नयाँ बीमा व्यवसाय लगभग ठप्प नै भएको छ । नविकरण कठिन अवस्थामा पुगेको बताए । जटिल अवस्थामा पनि बीमा कम्पनीहरुले सेवा प्रवाहको अधिकतम प्रयासहरु गरिरहेको बताए । आईआईएनका अध्यक्ष पौडेलले भने, ‘बीमा समितिको मुख्य चासो व्यवसाय प्रबद्र्धन नै हो । लघु बीमा, कृषि बीमालाई प्रोत्साहन छ । साथै विद्युतीय माध्यमबाट बीमा व्यवसाय गर्न प्रोत्साहन गरिरहेका छौं ।’ उनले नियमनकारी निकाय हुनुको नाताले बीमा समिति अवस्थामा सुक्ष्म निगरानी गरिरहेको समेत बताए ।

कार्यक्रमको सहजीकरण इन्स्योरेन्स इन्स्टीच्यूटका सिईओ तथा बीमा समितिका सल्लाहकार भोजराज शर्माले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS