थप २०१ जनामा कोरोना भाइरस पोजेटिभ, हालसम्म २३०० जना कोरोना पुष्टि

Citizen Life Insurance Co

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरिका विभिन्न स्थानमा गरिएको कोरोना भाइरस परिक्षणको क्रममा २०१ जनामा पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७९ पुरुष र २२ जना महिलामा थप कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, पूर्वको धरान, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी लगायतका परिक्षण केद्रमा गरिएको नमुनामा २०१ जनामा थप कोरोना भाइरस पुष्टि भएको हो । आज राजधानी काठमाडौंका तीन जनामा कोरोना भाइरस देखिएको छ । उनीहरु काठमाडौं मेडिकल कलेज र टोखाका छन् ।

त्यसैगरी, १२ जना डिस्चार्ज भएका छन् । काठमाडौं, शिक्षण अस्पताल, टेकु, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट एक एक जनासहित कूल एक दर्जन आज डिस्चार्ज भएका हुन् । हालसम्म कूल २७८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार