IME Life

लकडाउन अवधीभर अनलाईनबाटै बीमालेख जारी गर्न सकिने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले लकडाउन अवधीभरका लागि अनलाईनबाटै बीमा लेख जारी गर्नसक्ने नयाँ व्यवस्था गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुलाई आज एक निर्देशन जारी गर्दै नन मेडिकल लिमिटभित्रका बीमालेखहरु अनलाईनबाटै जारी गर्न सकिने व्यवस्था गरेको हो । त्यसको लागि लघुबीमा निर्देशिका बमोजिम हुने गरी अधिकतम तीन लाख रुपैयाँ सम्मको बीमालेख अनलाईनबाट जारी गर्न सकिने व्यवस्था गरिएको छ ।

समितिले जारी गरेको निर्देशन बमोजिम बीमालेख प्रस्ताव फारम अनलाईनबाटै भर्न सकिने तथा केवाईसी फारम समेत अनलाईनबाटै भर्न सकिने व्यवस्था गरिएको छ । बीमा समितिले लकडाउन अवधीमा लागि अनलाईनबाटै जारी गरिएका बीमालेखहरु लकडाउन खुलेपछि टिकट टाँसिएको औपचारिक बीमालेख उपलब्ध गराउनुपर्ने जनाएको छ ।

Prabhu
Crest

यस्तो सुविधापछि अब अभिकर्ताहरुले बीमितलाई अनलाईनबाटै फारम भराएर बीमा गराई डिजिटल भुक्तानीका माध्यमबाट बीमा शुल्क भुक्तानी गरी जीवन बीमा सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS