IME Life

सर्लाही, कपिलबस्तु, चितवन र नवलपरासीमा ३० जना कोरोना संक्रमित भेटियो

SPIL
NIC ASIA

काठमाडौं । आज विहान सर्लााही, कपिलबस्तु, चितवन, नवलपरासी १ र २ जिल्लामा गरी कूल ३० जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै कूल संक्रमितको संख्या पाँच सय नजिक अर्थात ४८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान प्रकाशित गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

Prabhu
Crest

नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रबक्ता डा. समिर अधिकारीले जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS