IME Life
Beema Board

ज्योति विकास बैंकद्धारा सिईओको लागि आवेदन माग (सूचना सहित)

SPIL
NIC ASIA

काठमाडौैं । ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तीको लागि आवेदन माग गरेको छ । बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पदका लागि आकांक्षीहरुका लागि दरखास्त आब्हान गरेको हो ।

तत्कालीन सीइओ मनोजकुमार ज्ञवालीको राजीनामा पश्चात् बैंकमा सिइओ पद खाली रहेको छ । बैंकले एक सूचनामार्फत इच्छुक योग्य नेपाली नागरिकहरुबाट बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest

बैंकले उक्त पदका लागि जेठ १५ गते भित्र आवेदन दिन आग्रह गरेको छ । जसका लागि कम्तीमा १५ बर्षको बैंकिङ अनुभव र १० वर्ष व्यवस्थापन तहमा काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ । बैंकले ५५ बर्षभन्दा कम उमेरका उम्मेदावरले मात्रै आवेदन दिन पाउने जनाएको छ ।

आवेदनसाथ शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (इमेल, टेलिफोन, मोबाइल नम्बर, घर र कार्यालयको ठेगाना) सहितको विस्तृत व्यक्तिगत विवरण पेश गर्न बैंकले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS