IME Life

बीमा समितिको ५२ वर्षे यात्राः २९ वर्षमा ७ जना अध्यक्ष

SPIL
NIC ASIA

काठमाडौं । बीमा समिति स्थापना भएको आजबाट ५२ वर्ष लागेको छ । आधा शताब्दीभन्दा लामो समयदेखि बीमा क्षेत्रको निमयन गर्दै आएको बीमा समितिमा हालसम्म जम्मा सात जनाले मात्रै फूलटाईम अध्यक्षको रुपमा काम गरेको इतिहास छ । २०४८ सालअघि अर्थमन्त्रालयमा बीमा समितिको बैठक आवश्यकता परेको बखत मात्रै बस्ने गर्दथ्यो । बीमा ऐन २०४९ पुस २ गते नयाँ बीमा ऐन लागू भएपछि बीमा समिति अस्तित्वमा आएको हो ।

 

Prabhu
Crest


२०२५ साल जेठ १ गतेबाट स्थापना भएको बीमा समितिको पहिलो अध्यक्ष लव प्रसाद शर्मा हुन् । उनी प्रधानाध्यापक थिए । २०४८ चैत्र १७ गते अध्यक्षमा नियुक्त भएका शर्माले तीन कार्यकाल अध्यक्ष पद सम्हालेका थिए । २०५७ चैत्र १७ गतेसम्म बीमा समितिको नेतृत्व सम्हालेका थिए ।

बीमा समितिको दोस्रो अध्यक्ष प्रफुल्ल कुमार काफ्ले हुन् । काफ्ले २०५८ साल बैशाख २० गते अध्यक्ष पदमा नियुक्त भई २०५९ साउन २७ गतेसम्म कार्यरत रहेका थिए ।

बीमा समितिका तेस्रो अध्यक्ष नारायण प्रसाद सिलवाल बनेका थिए । उनी २०५९ साउन २८ गतेदेखि २०६० भदौं १० गतेसम्म बहाल रहेका थिए ।

बीमा समितिको चौथो अध्यक्ष माधव प्रसाद उपाध्याय बने । उनी २०६० भदौं ११ गतदेखि २०६३ बैशाख २४ गतेसम्म अध्यक्ष पदमा बहाल रही पुनः २०६३ जेठ ३ गते दोस्रो कार्यकालका लागि अध्यक्षमा नियुक्त भई २०६४ भदौं १० गतेसम्म बहाल रहे ।

बीमा समितिका पाँचौं अध्यक्ष हुन् देवेन्द्र प्रताप शाह । शाहले तीन महिनामै पद छोडेका थिए । २०६४ भदौं ११ गते अध्यक्ष पदमा नियुक्त भएका शाह २०६५ मंसिर १२ गते एक वर्ष तीन महिना एक दिनपछि बीमा समितिबाट विदा भए ।

बीमा समितिमा नयाँ पद्धति बसाल्न भूमिका निर्वाह गरेका प्रा. डा. फत्त बहादुर केसीले दुई कार्यकाल अध्यक्ष सम्हाले । २०६५ पुस ६ गते अध्यक्षमा नियुक्त भएका केसी २०७३ पुस ९ गते सम्म बीमा समिति सम्हालेका थिए ।


सातौं तथा वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाँई २०७३ साल पुस १४ गते नियुक्त भएका हुन् । नेपालको बीमा क्षेत्रमा एकेडेमिक हिसाबले प्रा.डा. केसीले नेतृत्व गर्दै बीमाको नियमन पाटोलाई प्रभावकारी बनाएर योगदान पुर्याए भने वर्तमान अध्यक्ष चपागाँईले आम जनतामा बीमाको पहुँचमा चमत्कारिक बृद्धि गर्दै जनताको बीमा नेपाली बीमा व्यवसायलाई स्थापित गराए ।

यतिलामो बीमाको अभ्यास गर्दै आएको बीमा समितिले अझै बर्ष बितिसक्दा पनि बीमा समितिले बीमा विज्ञ अध्यक्ष पाएको छैन । हालसम्म बीमा समितिमा चिरञ्जीवी चाँपागाई सहित ७ जना अध्यक्ष नियुक्त भइसकेका छन् । २०४८ सालभन्दा अघि कति अध्यक्ष भए भन्ने हिसाब छैन ।

बहुदलपछि बनेको गिरिजा प्रसाद कोइराला नेतृत्व सरकार बन्ने वित्तिकै बीमा समितिले पहिलो पटक नेतृत्व पाएको थियो । समितिका प्रथम अध्यक्ष तत्कालीन राष्ट्रिय बीमा संस्थाका नायब महाप्रबन्धक तथा माध्यमिक विधालयका प्राध्यानध्यापक थिए । उनले बीमा समितिमा ९ बर्षको कार्यकाल पूरा गरेका थिए ।

७ जना अध्यक्षहरुमध्ये डा. फत्तबहादुर केसी व्यवस्थापन बिषयका विज्ञ भएपनि बीमा क्षेत्रका बीज्ञ मान्ने कि नमान्ने बहस हुनसक्छ । नेपाली बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा बीमा क्षेत्रमा शैक्षिक अभ्यास, सैद्धान्तिक र प्रयोगात्मक अभ्यासका आधारमा योगदान पुर्याएको बिज्ञ पाउन सकेको छैन । बीमा समितिका पहिलो अध्यक्ष प्रधानाध्यापकलाई ल्याएर बनाइएको थियो । विशेष प्राविधिक बीमा क्षेत्रमा अन्य शैक्षिक योग्यता भएका व्यक्तिलाई नियुक्ती गर्दा अनुभव हासिल गर्नै समय लाग्ने गरेका छन् ।

दोस्रो अध्यक्ष डा. प्रफुल कुमार काफ्लेले नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरबाट अवकास पाएका व्यक्ति थिए । उनले बीमा समितिमा खासै सुधार गर्न सकेनन् । २०५९ साल साउन २८ गते नारायण प्रसाद सिलवाल बीमा समितिको अध्यक्ष पदमा नियुक्त भएका थिए । सिलवाल नेपाल सकारका पूर्व सचिव थिए ।

सिलवालपछि आएका बीमा समितिको अध्यक्ष माधव प्रसाद उपाध्याय बैंकर्स थिए । कृषि विकास बैंकबाट अवकास पाएका उपाध्यायले चार वर्षभन्दा बढि समय बीमा समितिमा नेतृत्व गरे ।

सबैभन्दा छोटो समय नेतृत्व गरेका देवेन्द्र प्रताप शाह कृषि विकास बैंकका महाप्रबन्धक थिएबाट बीमा समितिमा आएका थिए । पुनः नेपाल बैंकमा सिईओ पाउने भएपछि बीमा समिति छोडेर हिडे ।

बीमा समितिमा सबैभन्दा चर्चित व्यक्ति प्रा. डा. फत्त बहादुर केसीले दुई कार्यकाल बीमा समतिको नेतृत्व गरे । त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका प्रा.डा. केसी नै सबैभन्दा नेतृत्व क्षमता भएका व्यक्ति थिए । पेशाले प्राध्यापक केसीले बीमा नियमनमा धेरै सुधार गरेपनि बीमाको पहुँचमा बृद्धि गर्न सकेका थिएनन् । वर्तमान अध्यक्ष चापागाँईको कार्यकालमा ७ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उनको कार्यकालभित्रैमा २५ प्रतिशत हाराहारी पुर्याएर नेपालको बीमा क्षेत्रलाई कायापलट गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS