IME Life

सम्पादकीय: महामारीविरुद्ध जुध्न सामूहिक पूर्व तयारीका लागि हाम्रो आह्वान

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

यतिबेला नेपाली बीमा क्षेत्र मात्रै नभई विश्वकै बीमा क्षेत्रले कठिन अवस्थाको सामना गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सिंगो विश्व अस्तव्यस्त अवस्थाबाट जुजिरहेको छ । विश्वका ठूला बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरु महामारीको त्रासमा छन् । यसै सन्दर्भमा बीमा क्षेत्रलाई आधार बनाएर प्रकाशन, प्रशारण हुँदै आएको अनलाईन पोर्टल इन्स्योरेन्स खवर डटकम तेस्रो वर्षमा प्रवेश गरेको छ । अन्योल र भयावहका बीच अघि बढेको यो अवस्थामा तेस्रो बार्षिकोत्सव मनाइरहँदा हामी ३९ वटै बीमा कम्पनीहरुलाई कोरोना महामारीका विरुद्धमा जुध्न सामूहिक रुपमा पूर्व तयारीमा जुट्न आह्वान गर्दछौं ।

नेपालका बीमा कम्पनीहरुमा महामारीको ठूलो प्रभाव पर्ने सम्भावना कम देखिएको छ । निर्जिवन बीमा कम्पनीहरुले आम्दानीमा आधारित परियोजनाका बीमा गर्ने अभ्यास नभएको कारण नेपालको अर्थव्यवस्थामा पर्ने क्षतिको ठूलो भार बीमा कम्पनीहरुमाथि देखिदैन । ठूलो परिमाणमा स्वास्थ्य बीमा गरिएको अवस्था नभएबाट कोरोना महामारीले नेपाली बीमा कम्पनीहरुमा दावी भुक्तानीका कारण अप्ठेरोमा पर्ने अवस्था पनि छैन । साथै कोरोना उपचार खर्च सरकारले व्यवहोर्ने भनिएको बेला यो विषय त्यति ठूलो समस्या नहोला । त्यस्तै जीवन बीमा कम्पनीहरुमा पर्न सक्ने दावी भुक्तानीका लागि पर्याप्त मात्रामा कोषको व्यवस्थापन गरिएकोले अहिलेको अवस्था हेर्दा आत्तिनुपर्ने स्थिति देखिदैन । समग्रमा दावी भुक्तानी गरेर कम्पनी नै टाट उल्टिने अवस्था नेपालमा छैन ।

Meta Holidays
Crest

विश्व अर्थव्यवस्था अप्ठेरो अवस्थाबाट गुज्रदा ३९ वटा बीमा कम्पनी भएको नेपालमा ठूलो प्रभाव भने पर्नेछ । विश्वव्यापी रुपमा आईपरेको वित्तीय संकटका कारण नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्नेमा कुनै शंका छैन । आर्थिक कारोबार सुस्त हुँदा निश्चिय पनि बीमाको कारोबार पनि सुस्त हुन आउँछ । बीमा कारोबारबाट दैनिक कार्य सञ्चालन गर्न कठिन हुने अवस्थासम्म पुगेमा बीमा कम्पनीहरुका लागि निकै चुनौतिपूर्ण बन्नेछ । सानो अर्थतन्त्र भएको देशमा ३९ वटा बीमा कम्पनी सञ्चालन हुन निकै कठिन पर्ने कुरामा कुनै शंका छैन । त्यसमाथि पनि महामारीका कारण कुन स्तरको आर्थिक संकट आउँछ, त्यो अहिले नै आंकलन गर्न सकिने अवस्था छैन ।

नेपाली बीमा क्षेत्रले हालसम्म सामाना नगरेको कठिन चुनौतिको सामना गर्दैछ । यो चुनौतिका विरुद्धमा सबै बीमा कम्पनीहरु एकजुट भएर सामना गर्नुको विकल्प छैन । त्यसको लागि साामूहिक पूर्व तयारी सुरु गर्ने बेला आएको छ । चुनौतिको सामना गर्न मर्जर पनि एउटा उपाय हो भने खर्च घटाउने अन्य थुप्रै रणनीतिहरु पनि बीमा कम्पनीहरुले अंगाल्नुपर्ने हुनसक्दछ । ‘अनिकालमा बीऊ जोगाउनु’ भने जस्तै बीमा कम्पनीहरुले सामूहिकताको भावना राखेर सामूहिक रुपमा कोरोना महामारीविरुद्धमा संघर्षमा उत्रिनुपर्ने अवस्था आएको छ । जोखिमको विश्लेषण गर्ने बीमा कम्पनीहरुले महामारीबाट उत्पन्न हुनसक्ने आर्थिक सामाजिक परिस्थितिको विश्लेषण गर्दै सामूहिक पूर्वतयारी, सामूहिक लडाई र सामूहिक प्रतिफल लिने नयाँ सोचको विकास गर्नुपर्नेतर्फ ध्यान दिन सबै कम्पनीहरुलाई आह्वान गर्दछौं । सबै कम्पनी मिलेर सामूहिक रुपमा अघि बढेमा मात्रै परास्त गर्न सम्भव छ ।

इन्स्योरेन्स खवर स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको यस अवसरमा सम्पूर्ण बीमा क्षेत्रले कोरोना भाइरसले आर्थिक क्षेत्र र बीमा क्षेत्रमा निम्त्याउने महाविपत्तिका विरुद्धमा सहजै बिजय हासिल गर्न सफल होऊन्, सबै कम्पनी मिलेर सामूहिक रुपमा कोरोना महामारीका विरुद्धमा लडून, हाम्रो हार्दिक शुभकामना । सम्पूर्ण पाठक जसले औलाले मोबाईलमा अक्षरहरु सार्दै निकै मेहनतसाथ पढ्नुहुन्छ, उहाँहरुप्रति आभार । साथै नयाँ वर्ष २०७७ सालको पावन अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS