IME Life

कोरोना महामारीबाट बीमा क्षेत्रमा देखिएको चुनौति तथा अवसर

SPIL
NIC ASIA

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण अहिले सम्पूर्ण विश्व नै ठप्प जस्तै भएको छ । मानिसहरुका दैनिकिहरु ठप्प भएकाछन् । विभिन्न देशमा त्याहाँका सरकारद्वारा जारी गरिएको लकडाउन, संकटकाल तथा आवतजावतमा बन्देजहरु तथा सीमित क्रियाकलापको अनुमतिका कारण उद्योगधन्दा, कलकारखाना, कृषि कार्यहरु, पसलहरु, बैंकिंग सेवाहरु, बीमा सेवाहरु, स्कुल कलेज एवं विश्वविद्यालय तथा अत्यावश्यक बाहेकका सबै क्षेत्रहरु बन्द भएकाछन् ।

नेपालमा पनि गएको १८ दिन यता लकडाउनका कारण अत्यावश्यक क्षेत्र बाहेक सबै कुराहरु बन्द भएका छन् । यो लेख तयार पार्दासम्म संसारभरी करीब १७ लाख मानिसहरुमा कोरोना संक्रमण पाइएको छ भने १ लाख २ हजार ७ सय मानिसहरुले यो रोगका कारण ज्यान गुमाइसकेकाछन् । नेपालमा पनि हाल सम्म ९ जनामा यो रोगको संक्रमण रहेको पुष्टि भएपनि हालसम्म कसैकाे ज्यान भने गएकाे छैन ।

Prabhu
Crest

मानिसहरुले १८ दिनदेखि आफ्ना सबै दैनिकीहरुलाई भुलाएर सरकारद्वारा जारी गरिएको लकडाउनलाई समर्थन गर्दै घरमै आफ्ना दिनहरु बिताइराखेकाछन् । यसै क्रममा वीमा क्षेत्रलाई अत्यावश्यक भनेर खुला गरेपनि कारोबार प्रायः ठप्प जस्तै रहेको छ । जीवन वीमाको लागि प्रिमियम तिर्ने अवधि थप गरिएको छ भने ब्याज मिनाहा गरिएको छ । निर्जिवन तर्फसमेत खासै नयाँ कारोबार हुन सकेको छैन । त्यसकारण नेपाली बीमा क्षेत्रलाई व्यवसाय वृद्धि, दाबीभुक्तानी तथा नविकरण गर्ने कार्यमा कोरोनाको महामारीेले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि विश्वभरी नयाँ नयाँ प्रयासहरु भइराखेको परिप्रेक्ष्यमा ढिलोचाँडो यसको रोकथाम तथा नियन्त्रण हुनेनै छ तर त्यतिबेला सम्म यसको प्रभाव सम्पूर्ण अर्थतन्त्र र बीमा क्षेत्रमा पक्कै ठूलो रहनेछ । मानवीय क्षति हुने र मानवीय क्षतिका कारण जीवन बीमा अन्तर्गतका दाबीभुक्तानी अनिवार्य गर्नु परेपनि निर्जिवन अन्तर्गत अन्य विभिन्न दैवी प्रकोप जस्तै बाढी, पहिरो तथा भुकम्पमा जस्तो ठूलो भौतिक क्षति नहुने कारण त्यस क्षेत्रका कम्पनीहरुले ठूलो क्षति बेहोर्नु पर्ने देखिँदैन । यद्यपि यस महामारीका दौरान हालसम्म नेपालमा कुनै पनि जनधनको क्षति नभएको कारण जीवन बीमा क्षेत्रका कम्पनीहरुलाई पनि ब्यवसाय वृद्धिमा रोकावट हुनाका अलावा दाबीभुक्तानी तर्फको क्षति हुने अवस्था रहेको छैन ।

कोरोना महामारीको प्रभाव सक्किन्जेल यसले आर्थिक क्षेत्रलाई धेरैहदसम्म थला पार्ने निश्चित प्राय छ । विभिन्न सेवामुखी सेवाहरु, साना, मझौला तथा उत्पादनजन्य उद्योग, कलकारखाना, होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायहरु यस महामारीको प्रकोपमा प्रत्यक्ष परेको देखिन्छ । यसले गर्दा ती क्षेत्रका उद्योग व्यवसायको पुनः सञ्चालनमा सरकारले प्रत्यक्ष टेवा पुग्ने गरी राहत नदिने हो भने कोरोना महामारी पूर्वको अवस्थामा आइपुग्नलाई निक्कै समय आवश्यक पर्नेछ । यसरी आवश्यक संख्यामा उद्योग, कलकारखना, व्यवसायहरु सञ्चालनमा नआउँदा हालको बीमा पोलिसि नविकरण तथा नयाँ व्यवसाय वृद्धिमा नकारात्मक प्रभाव बीमामा पर्नेछ ।

कोरोना महामारीको दौरानमा क्रियाशील हुन भरमग्दुर प्रयासरत वीमा कम्पनीहरुले दावी भुक्तानी प्रदान गर्न, नयाँ व्यवसाय वृद्धिगर्न एवं पुरानो बीमाको नविकरणलाई सहज बनाउन डिजिटल सेवालाई बढाउने प्रयास गरिरहेको देख्न सकिन्छ । यसका लागि उनीहरुले नविकरण तथा नयाँ वीमाका साथै दावी भुक्तानी सहजीकरणका लागि आफ्ना सम्बन्धित कर्मचारीहरुको सम्पर्क विवरणका साथै प्रादेशिक प्रमुखहरुको सम्पर्क विवरण एवं रकम जम्मा गर्नका लागि आफ्ना बैंक खाताको विवरणहरु विभिन्न पत्रपत्रिकामार्फत सार्वजनिक गरेको देखिन्छ । साथै बीमा कम्पनीहरुले बीमा सेवालाई घरबाटै सञ्चालन गर्न तथा सेवालाई प्रभावकारी बनाउन आफ्ना कर्मचारीहरुसँग अनलाइनबाटै मिटिंग गर्ने तथा आवश्यक निर्देशन दिने गरिराखेको पाइन्छ ।

आजको डिजिटल जमानामा सम्पूर्ण कार्यहरु डिजिटाइज भइराखेको परिप्रेक्ष्यमा अहिलेको याे महामारीले बीमा क्षेत्रलाई  आगामी दिनहरूमा समेत डिजिटाइजेसन गर्ने तथा सेवालाई थप डिजिटल माध्यमबाट सेवाग्राही समक्ष पु¥याउनु पर्ने आवश्यकताकाे बोध गराएको हुनुपर्छ । कोरोना महामारीको प्रकोप सक्किएपछि बीमा कम्पनीले आगामी दिनहरुमा आउन सक्ने यस्तो किसिमको समस्यालाई ध्यानमा राखी अहिलेबाटै त्यसको तयारी गर्ने तथा सेवा सुविधाहरुलाई प्रविधिसँग जोडेर थप सहज र सुलभ बनाउन तिर लाग्नेतर्फ उन्मुख हुन सक्नेछन् ।

यो महामारीको दौरानमा निस्क्रिय जस्तै रहेका नेपाली बीमा क्षेत्रलाई यो महामारीले रोकथाम तथा नियन्त्रण पश्चात केही नयाँ अवसर प्रदान गरेर जानेछन् । हालै थाइल्याण्डको टिक्युएम कर्पोरेसनले कोरोना भाइरसको महामारीलाई लक्षित गरेर दुईवटा फरक स्वास्थ्य बीमा योजना जारी गरेको छ । त्यहाँ यस योजनालाई अत्याधिक रुचाइएको देखिएको छ । नेपाली बीमा कम्पनीहरुले पनि कोराना जस्तै भविष्यमा आउन सक्ने यस्तै महामारीजन्य अवस्थालाई लक्षित गरेर विभिन्न बीमा योजना जारी गर्न सक्नेछन् । हालको महामारी भोगिराखेका नेपाली जनताहरुले पक्कै पनि त्यस्ता किसिमका स्वास्थ्य बीमा योजनालाई रुचाउनेछन् ।

यसका साथै बीमा क्षेत्रसँग सम्बन्धित सबै पक्षहरुलाई यस्ता किसिमका दैवी प्रकोप तथा महामारीबाट जोगिएर कसरी बीमाको व्यवसायलाई वृद्धि गर्ने एवं यस्ता चुनौतिहरुलाई कसरी अवसरमा बदल्दै प्रभावकारी वीमा सुविधा सेवाग्राही समक्ष पु¥याउन सकिन्छ भनेर अध्ययन गरी आवश्यक तयारी गर्ने अवसर प्राप्त भएको छ । यसलाई मनन गरी नेपाली बीमा क्षेत्रले आगामी दिनमा आवश्यक पोलिसि तयार गर्ने तथा यसको उचित बजारीकरण गर्ने हो भने हाल देखिएको चुनौतिलाई पार गर्दै आगामी दिनमा बीमाको पहुँच थप वृद्धि गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS