IME Life

पहिलो प्रिमियम ल्याउने, कमिशन खाने प्रवृतिले बीमामा विकृति बढाउँदैछः अभिकर्ता हरि सञ्जेलको अनुभव

SPIL
NIC ASIA

नेपाल लाईफका जीवन बीमा अभिकर्ता हरि सञ्जेलको दैनिकी ललितपुरबाट सुरु हुन्छ । उनी विहानैदेखि बीमा व्यवसायमा सक्रिय हुन्छन् । दिउँसो नयाँ बानेश्वरस्थित कार्यालयमा पुग्छन् र बीमा योजनाको बारेमा बुझेर पुनः बजारमा बीमा बुझाउन परिचालित हुन्छन् । खोज्नु, बीमा गर्न राजि बनाउनुको उनको दैनिकी हो । जीवन बीमा व्यवसायमा भर्खरै जम्दै गरेका सञ्जेल यस क्षेत्रमा धेरै विकृति रहेको गुनासो गर्दछन् ।

सानोतिनो व्यापार व्यवसाय गर्दै आएका सञ्जेल पाँच वर्षअघि जीवन बीमा क्षेत्रमा प्रवेश गरेका थिए । उनी यो व्यवसायमा प्रवेश गर्दा बीमा बुझेका मानिस कम थिए, तर अहिले बीमाको बजार निकै फराकिलो भइसकेको छ । उनी भन्दछन्, ‘बीमाको बजार ठूलो छ । सबै क्षेत्रमा बीमा पुगिसकेको पनि छैन । बीमाले आम सर्वसाधारणलाई ठूलो सहयोग गरेका छन् ।’
स्वरोजगार व्यवसाय गरेर झण्डै १० वर्षअघि नै जीवन बीमा गरेका सञ्जेल भन्छन्, ‘बीमाको महत्व नबुझी बीमा गरेँ, जब बुझै यसैमा समर्पित भए ।’ जीवन बीमा व्यवसायमा सुरु सुरुमा निकै कठिन हुने अनुभव उनी सुनाउँछन् । ‘सुरु सुरुमा धेरै ग्राहो भएको थियो । मैले सोचे सजिलो त केही हुँदैन । त्यस्तो गाह्रो त होइन, बजारमा सम्झाउन बुझाउनु पर्यो । जनतालाई बुझाउन सक्नु पर्यो ।’ सञ्जेलले भने ।
पछिल्लो समय बीमा क्षेत्रमा धेरै नै झूठा कुराले प्रवेश पाएकोमा उनी दुःखी छन् । सही कुरा बोलेर भन्दा ढाँटेर बीमा गर्ने प्रवृत्ति बढेको उनी बताउँछन् । ‘सत्य कुरा बोल्ने हो भने अलिकति गाह्रो हुन्छ, ठूलो कुरा बोलेर जनतार्लाइ ढाँटेर, झूट बोलेर बजार बिगार्ने काम भएको छ । झुट बोल्दा चाँडै विश्वास गर्छन र सत्य बोलेर बीमा गराउन केही समय लाग्छ ।’ अनुभव सुनाउँदै सञ्जेल भन्दछन् ।

Prabhu
Crest

मानिसको जीवनमा बीमाको ठूलो महत्व रहेको सञ्जेल बताउँछन् । महामारी, भुकम्प तथा विपत्तिमा बीमाले मानिसको जीवनमा साहाराको पिल्लर बनेर साथ दिने उनको भनाई छ । ‘पैसाको मात्रै फाइदा होइन बीमा, पैसा मात्रै हेर्ने हो भने बीमा किन गर्नु बैंकमा जम्मा गरे भइहाल्यो नि । बीमा भनेको बचत र सुरक्षा दुवै हो । पैसा बचत बापत ब्याजको रुपमा बोनस दिन्छ ।’ बचतको साथमा जोखिम बहन हुने हुँदा बीमाको ठूलो महत्व रहेको उनको भनाई छ ।

बीमाको महत्व प्रष्ट पार्दै भन्छन्, ‘बीमा भनेकै जोखिम हस्तान्तरण सम्झौता हो । बीमितले बीमा कम्पनीसँग एउटा सम्झौता गरेको हुन्छ । त्यसैले बीमा भनेको कुनै बस्तु किन्नु होइन । पोलिसी किन्नु होईन बीमा भनेको बीमक कम्पनीसँग गरिएको एक प्रकारको सम्झौता हो । त्यसैले चेतनशील मानिसले बीमालाई बीमा पोलिसी बिक्रीको रुपमा बुझ्दैनन्, सम्झौताको रुपमा बुझ्दछन् ।’

जीवन बीमा व्यवसायमा छोटो अवधीमा नै निकै अनुभव संगालेर खारिएका सञ्जेल बीमाको संख्या भन्दा पनि गुणस्तरीय रुपमा बीमा पोलिसी बिक्री गर्नुपर्ने धारणा राख्छन् । बीमा कम्पनीहरुको भविष्य अभिकर्ताको हातमा हुने भन्दै सञ्जेल हचुवा तालमा ठूलो रकम बीमा भरिदिने अनि अर्को वर्षदेखि बीमा शुल्क भुक्तानी गर्न नसक्ने अवस्था आउने बताउँछन् ।

बीमितको आर्थिक अवस्था अडिट गरेर बीमा गर्न सुझाव दिन्छन् उनी । बीमितले आज गरेको बीमा २० वर्षसम्म भुक्तानी गर्न सक्ने हुनुपर्ने उनको धारणा छ । ‘बीमा के हो ? सही कुरा के हो ? यति फाइदा र उति फाइदा भनेर ल्याउँछन् । त्यस्ता पोलिसीहरु ड्रप आउट हुन्छ । आर्थिक अवस्था हेरेर बीमा गर्नुपर्दछ ।’ जीवन बीमाबारे प्रष्ट पार्दै भन्छन् ।
बीमा गर्दा अभिकर्ताले धेरै विषयमा ध्यान दिनुपर्ने उनको भनाई छ । ‘आम्दानी बैधानिक हो कि होइन । राज्यलाई कर तिरेको छ छैन ? धेरै कुरा पो आउँछ । व्यक्तिको आजदेखि २० वर्षसम्मको आर्थिक अवस्था विश्लेषण गर्नुपर्दछ । ठूलो रकम बीमा हालेर हुँदैन । सबै आम्दानी बीमा गरिदियो भने उसको जीवन नै भद्रगोल हुनसक्छ । अनि उसले भुक्तानी गर्न सक्दैन ।’

जीवन बीमा क्षेत्रमा नव प्रवेशीहरुलाई त्यति सजिलो नभएको उनी बताउँछन् । तर, धैर्य गरेर व्यापार गर्न सकेमा सफलता मिल्ने उनको बुझाई छ । बीमा बजारमा खटेर मात्रै नभएर आफ्नो व्यक्तित्व विकास गरेर बीमा कम्पनीका प्रडक्टरबारेमा राम्रो ज्ञान लिएर मात्रै बजारमा निस्कनु पर्ने उनको भनाई छ ।

सरकारले अभिकर्तालाई दरिलो नीति नियम बनाउनु आवश्यक छ । बेला बेलामा सरकारले बैंकलाई बीमा गर्न दिने हल्लाले सरकारले अभिकर्तालाई लाइसेन्स दिएपछि रोजिरोटीको पनि ग्यारेन्टी गर्नुपर्ने उनको भनाई छ । उनी भन्दछन्, ‘बीमा व्यवसाय विश्वभर नै एजेन्सीको भरमा चलेको व्यवसाय हो । लाइसेन्स अभिकर्तालाई दिने बीमाको कारोबार गर्न बैंकलाई दिइयो भने गलत हुन्छ ।’

कोरोना वा कुनै महामारीका कारण बीमितहरु आत्तिनु वा डराउनु पर्ने अवस्था नरहेको उनको भनाई छ । ‘बीमितहरु ढुक्क हुनुभए हुन्छ । बीमा कम्पनीले घट्ना घटेर वा म्याचुरिटी, मनी ब्याक प्लान वा सरेण्डर वा ऋण लिनेलाई कम्पनीले चाहेको बखत बीमितलाई बीमा दावी भुक्तानी गर्न १९ वटै कम्पनीहरु सक्षम छन् ।’

बीमितले अभिकर्ताहरुलाई राम्रोसँग चिनेर मात्रै बीमा गर्न आग्रह गर्छन अभिकर्ता सञ्जेल । कतिपय अभिकर्ताहरु झूट बोलेर व्यापार गरिरहेका छन् । टार्गेटले गर्दा बीमा क्षेत्रमा सर्वसाधारणलाई झुक्याउने काम भइरहेको उनको अनुभव छ । बीमाको बोनससहित म्याचुरिटी आउँदा यति नै पैसा आउँछ भनेर तोक्न नहुनेमा अहिले कतिपय बीमा कम्पनीका एजेन्टहरुले डबल ग्यारेन्टी इत्यादि भनेर ढाँटिरहेकोमा दुखेसो व्यक्त गर्दछन् । ‘कम्पनीहरुले आज एउटा बोनस दर तोकेका छन्, भोलिका दिनमा त्यही दर हुन्छ भन्ने आधार के हो ? त्यसैले अहिले नै डबल आउँछ भनेर भन्ने कुरा झूठो हो । सत्य के हो पत्ता लगाएर बीमा गराउनुपर्दछ ।’

बजारमा खराव आचरणका अभिकर्ताहरु धेरै नै छन् । अभिकर्ताकै कारण विकृति आउँछ कि जस्तो लाग्छ । जसरी पनि पहिलो बिजनेश ल्याएर कमिशन खाउँ भन्ने सोच हावी भएको छ । यसले ढिलो चाँडो एउटा विकृति ल्याउनेछ । यसतर्फ नियमनकारी निकायको ध्यान दिन आग्रह गर्दछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS