IME Life

प्रथम बीमाशुल्कमा नेपाल लाइफ सबैभन्दा अगाडि, नयाँमा यूनियन लाइफको छलाङ्

SPIL
NIC ASIA

काठमाडौं । माघ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले करिब १७ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरु मध्येमा नेपाल लाईफ सबैभन्दा अगाडि छ भने दुई वर्षअघि स्थापना भएका नयाँ कम्पनीहरु मध्येमा युनियन लाईफ सबैभन्दा अगाडि छ । साथै युनियन लाईफले पुरानो कम्पनीहरुलाई उछिन्दै तस्रो हुन सफल भएको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५४ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । जसमध्ये प्रथम बीमाशुल्क मार्फत १७ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेका हुन् ।

Prabhu
Crest

समितिको तथ्याङ्क अनुसार माघ मसान्तसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले माघमसान्तसम्ममा ४ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी)नेपाल रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १ अर्ब ८३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा नयाँ जीवन बीमा कम्पनी यूनियन लाइफ रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १ अर्ब ६८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफले १ अर्ब, एशियन लाइफले ९७ करोड रुपैयाँ, मेट लाइफले ९२ करोड रुपैयाँ, एशियन लाइफले ९७ करोड रुपैयाँ, मेट लाइफले ९२ करोड , राष्ट्रिय बीमा संस्थानले ८५ करोड रुपैयाँ, रिलायबल लाइफले ६९ करोड रुपैयाँ, सिटिजन लाइफले ६ करोड रुपैयाँ, प्राइम लाइफले ५७ करोड रुपैयाँ , सूर्या लाइफले ५५ करोड रुपैयाँ र रिलायन्स लाइफले ४९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी, आइएमई लाइफले ४६ करोड रुपैयाँ, सन नेपाल लाइफले ४ करोड रुपैयाँ, सानिमा लाइफले ३४ करोड रुपैयाँ, गुराँस लाइफले ३१ करोड रुपैयाँ, महालक्ष्मी लाइफले र प्रभु लाइफले २५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS