IME Life

स्वावलम्बन लघुवित्तको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो ३ दिने स्पष्टीकरण

SPIL
NIC ASIA

काठमाडौं । स्वावलम्बन लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले कम्पनीलाई ३ दिने स्पष्टीकरण माग गर्दै सूचीकरण पनि स्थगन गरेको जनाएको छ । संस्थाले गत वर्षको नाफाबाट लगानीकर्तालाई २६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले लगानीकर्ताको खातामा नगद लाभांश पनि पठाइसकेको छ ।

बोनस भने खातामा पठाउन बाँकी छ । तर यही बेला कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुँजी वृद्धि योजनामै प्रश्न उठाउँदै नेप्सेलाई पत्र पठाएको छ । नेप्सेले कम्पनी रजिष्ट्रार कार्यालयबाट पत्र पाएपछि अन्योलता उत्पन्न भएको भन्दै सूचीकरण स्थगन गरेको हो । समस्या निराकरण नहुँदा सम्म सूचीकरण स्थगन गरिएको नेप्सेले जनाएको छ ।

Prabhu
Crest

यसँसगै साधारण सभाबाट समेत पारित भइसकेको २६५ बोनस अब लगानीकर्ताले पाउने या नपाउने भन्नेमा समेत अन्योल उत्पन्न भएको छ । लगानीकर्ताको हित विपरीत काम भएको भन्दै नेप्सेले सूचीकरण स्थगन तथा कारोबार रोकेर स्पष्टीकरण समेत मागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS